Logo

अलपत्र नेपालीको उद्धार आधा घटाइँदै

श्रम गन्तव्यमा संकटको सामना गरिरहेका १ लाख २७ हजार श्रमिक तत्काल नेपाल फर्कनु पर्ने अवस्थामा रहेको भए पनि सरकारले उद्धार कार्यलाई आधाले घटाउने तयारी गरेको छ । विदेशबाट उद्धारको काम गरिरहेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भदौ १ बाट उद्धार संख्यालाई हाल कायम रहेको १ हजारबाट घटाएर दैनिक ५ सयमा सीमित गर्ने भएको छ । समितिका एक अधिकारीले भदौबाट दैनिक ५ सयको मात्र उद्धार गर्ने योजना रहेको जनाए ।
“सरकारले ५ सयमात्र ल्याउने निर्णय गरेको भएपनि समितिमा आधिकारिक जानकारी आएको छैन,” समितिका ति अधिकारी भने, “सरकारको निर्णय आएपछि भदौ १ बाट दैनिक ५ सय मात्र नेपालीलाई उद्धार गरिने छ ।”श्रम गन्तव्यमा संकटको सामना गरिरहेका १ लाख २७ हजार श्रमिक तत्काल नेपाल फर्कनु पर्ने अवस्थामा रहेको भए पनि सरकारले उद्धार कार्यलाई आधाले घटाउने तयारी गरेको छ । विदेशबाट उद्धारको काम गरिरहेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले भदौ १ बाट उद्धार संख्यालाई हाल कायम रहेको १ हजारबाट घटाएर दैनिक ५ सयमा सीमित गर्ने भएको छ ।
समितिका एक अधिकारीले भदौबाट दैनिक ५ सयको मात्र उद्धार गर्ने योजना रहेको जनाए । “सरकारले ५ सयमात्र ल्याउने निर्णय गरेको भएपनि समितिमा आधिकारिक जानकारी आएको छैन,” समितिका ति अधिकारी भने, “सरकारको निर्णय आएपछि भदौ १ बाट दैनिक ५ सय मात्र नेपालीलाई उद्धार गरिने छ ।”श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले जनाएअनुसार कुल ४ लाख ७ हजार श्रमिक नेपाल फर्कन चाहे पनि १ लाख २७ हजार ‘तत्काल फर्कने’ अवस्था रहेका छन् । यो संख्या गैरश्रमिक बाहेकका नेपाल फर्कनेको मात्र हो । कतिजना नेपाल फर्कन चाहन्छन् र तीमध्ये कतिलाई उद्धार गर्नु पर्छ र कतिलाई घरफिर्तीको व्यवस्थापनमा सहजीकरणमात्रै गरे पुग्छ भन्ने यकिन विवरणलाई आकलन नगरी सरकारले नेपाल ल्याईने संख्यालाई घटाउने तयारी गरेको छ । सरकारले ४ लाख ७ हजार नेपाल फर्कने अवस्थामा रहेकामध्ये १ लाख २७ हजार ‘तत्काल फर्कने’ अवस्था रहेको र दुई लाख ८० हजार कोभिड–१९ का कारण रोजगारी गुमाएर नेपाल फर्कने प्रारम्भिक अनुमान गरेको थियो । 
परराष्ट्र मन्त्रालयका अनुसार २ लाख १० हजार ८७१ जनालाई सरकारले तत्काल उद्धार गरी ल्याउनु पर्ने र त्यस बाहेक ३ लाख ७७ हजार जना नेपाल आउनु पर्ने अवस्थामा रहेका बताएको छ । सरकारी निकाय बिच नै कति नेपाली अति, मध्यम र साधारण विपतमा छन् भन्नेबारे सही अध्ययन गर्न नसक्दा उद्धार कार्य भने व्यवस्थित हुन सकेको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको विपद् व्यवस्थापन समितिमा वैदेशिक रोजगार बोर्डले प्रस्तुत गरेको ‘वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदार हरूका लागि पुनस्र्थापना र (पुनः) एकिकरण गर्ने सम्बन्धी कार्यक्रमको अवधारणा पत्र’ अनुसार ‘तत्काल नेपाल फर्कन सक्ने’ आप्रवासी श्रमिकहरूको संख्यामात्रै लगभग ८ लाख ९० हजार सम्म पुग्ने अनुमान छ । यो संख्यामा भने सबैलाई तत्काल उद्धार गर्नु पर्नेे कम रहेका छन ।
अध्ययन र व्यापार व्यवसायका प्रयोजनका लागि गएकाहरू समेत गर्दा सो संख्या १५ लाख ९० हजार हुने उल्लेख गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ५ देखि ६ लाख नेपाली श्रमिकहरू नेपाल फर्किने जनाउदै आएको छ । यसरी विभिन्न सरकारी निकायले गरेका अनुमानित तथ्याङ्क फरक फरक हुनुले तत्काल उद्धार गर्नुपर्ने र नेपाल फर्कनुपर्ने नेपालीहरूको सङ्ख्या आकलन गर्न ती निकायहरूले प्रयोग गरेको विधि र प्रयासहरू प्रभावकारी नभएको विज्ञको आरोप रहेको छ । 

           

प्रतिक्रिया दिनुहोस्