हेलिकप्टरमार्फत सामान ढुवानी भएपछि झोलुङ्गे पुल बन्ने निश्चित «

हेलिकप्टरमार्फत सामान ढुवानी भएपछि झोलुङ्गे पुल बन्ने निश्चित

बझाङको साईपाल गाउँपालिकामा हेलिकप्टरमार्फत झोलुङ्गे पुलको सामान ढुवानी गरिएको छ । जिल्लाको दुर्गम साइपाल गाउँपालिकाको वडा नं ४ मा इङलद्वार पुल ठेक्का सम्झौता भएको पांच वर्षपछि सुरु हुन लागेको हो । समयमै पुल निर्माण हुन नसक्दा खोला तर्ने क्रममा पछिल्लो पांच वर्षको समयमा ७ जनाले ज्यान गुमाइसकेका छन । पुल नबन्दा गत वर्ष साँघुबाट नदी तर्ने क्रममा साँघु भाँचिएर २ जना यार्सा संकलकको ज्यान गएको थियो भने २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो ।
२०७३ साल मंसिरमा स्थानिय विकास मन्त्रालय अन्र्तगतको डोलिडार परियोजनाले पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो । १ सय २० मिटर लम्बाइ भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरी हरिहरि निर्माण सेवाले ठेक्का पाएकोे थियो । अहिले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर पुल निर्माणको काम सुरु गरिएको हो ।
सामान ढुवानी गर्न सबै विकल्पहरूमा प्रयास गर्दा गर्दै समय वित्यो । मान्छे र खच्चर मार्फत ढुवानी गर्न सम्भव नभएकाले हेलिकप्टर मार्फत सामान ढुवानी गरिएको ठेकेदार कम्पनी हरिहरि निर्माण सेवाका प्रमुख प्रकाशजंङ शाहले बताए । उनले भने यो क्षेत्रमा झोलुङ्गे पुल निर्माणका लागि चाहिने सामग्री ढुवानी गर्न निकै चुनौती छ ।
झोलुङगे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, डेग, सरिया, सिमेन्टलगायत सम्पूर्ण सामानहरू हेलिकप्टरमार्फत निर्माण स्थल पुगाई सकेका छौँ । अबको दुई महिना भित्र पुल निर्माण भइसक्छ । असोज १५ गतेसम्म हस्तान्तरण गर्ने गरी निमार्णमा जुटेका छौँ । पुल निर्माण स्थल अत्यन्तै विकट ठाउ“मा भएको र सामाग्री ढुवानीमा कठिनाइ भएकाले निर्माण कार्य ढिला भएको उनको भनाइ छ ।
पुल निर्माण हुन लागेको ठाउँ साइपाल गाउँपालिकाको धुली गाउँबाट झण्डै २० किलोमिटर उत्तर तिर पर्छ । यही बाटो भएर बर्सेनि हजारौंको संख्या यार्सा तथा जडिबुटी संकलक र कैलास मानसरोवर जाने तिर्थयात्रीहरू हिँड्ने गर्छन् । साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोरदोहोर गर्ने बाटो पनि हो ।
पुल नहुँदा साह्रै जोखिम यात्रा गर्नु परेको थियो । एउटा काठको सहारामा नदी तर्दा काठ भाचिने र तर्दा तर्दै साँघु हल्लिएरबीच भंगालोमा खस्ने डर हुन्थ्यो । नदी तथा खोलामा आएको बाढीले साँघु पनि पटक–पटक बगाउने गरेकोले साह्रै सास्ती खेप्नु परेको स्थानीय गोरख बोहराले बताए । उनले भने इंगलद्वारमा पुल बन्ने भए पनि यस गाउँपालिकाका अन्य धेरै नदी खोलाहरूमा पुल नहु“दा अझै जोखिम छ । गाउँपालिका र स्थानीयको सक्रियतामा बनेका काठेपुलहरू पनि वर्षायाममा बाढीले बगाउने गरेको छ । अझे पनि अधिकांश खोलामा काठको साँघुको भरमा वा जंघार तरेर नदी तथा खोला पार गर्नु परिरहेको छ ।
यो पुल निर्माण भएपछि आवत–जावतमा सहज हुनुका साथै छिमेकी राष्ट्र चीनस“गको व्यापार व्यवसायमा पनि फस्टाउने देखिन्छ । पुल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बित्दा पनि केही संकेत नदेखिएपछि आफै काठमाडौँ गएर ठेकेदार संग पुल निमार्णका लागी ध्यानाकर्षण गराएको र ढिलै भए पनि पुल बन्ने निश्चित भएको गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।
उनले भने यहा“का विभिन्न नदी र खोलाहरूमा कम्तीमा ७ वटा पुलको आवश्यता रहेको छ । ढुवानीका कारण एउटा झोलुङ्गे पुलको लागत १ करोडभन्दा बढी लाग्ने भएकाले गाउँपालिकाको बजेटबाट सम्भव छैन । पुल निमार्णका विभिन्न ठा“उमा धाए पनि कतैबाट सुनुवाई नभएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्