सिलाइ कटाइबाट तीन पुस्ताको जीविकापार्जन «

सिलाइ कटाइबाट तीन पुस्ताको जीविकापार्जन

म्याग्दी-परम्परागत सिलाईकटाईबाट जीविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाइन र फेसन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जीविकापार्जन गरेकाहरू जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसँगै अन्य जातिका नागरिकले उच्च प्रशिक्षण लिने र ठूलो लगानीमा व्यवसाय संचालन गर्दै आएका छन् ।
आर्थिक अभावका कारण नयाँ–नयाँ सीपसम्बन्धी प्रशिक्षण लिन नसक्ने, महँगो प्रविधि प्रयोग र ठूलो लगानी गर्न नसक्ने पेशाकर्मी यो पेसाबाटै विस्थापित अवस्थामा पुग्न बाध्य छन् । प्रविधिहरूमार्फत नयाँ फेसनको विकास र सस्तो मूल्यमा फेसन अनुसारको कपडा पाउन थालेपछि नेपालका परम्परागत सीपले प्रतिस्पर्धा गर्न कठिन छ ।
लामो समयदेखि सिलाइ कटाइबाट जिविका गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राख ठूलाथरका ७३ वर्षीय धनबहादुर परियारले तीनपुस्ताको मुख्य हतियारलाई निरन्तरता दिएका छन् । बाजे धनबहादुर र असारे परियारले सिलाईबाट जीविका गरेको सीपलाई अगाल्दै उनले गाउँमा भलो खाने पेशालाई संरक्षण गरेका छन् । “बाउबाजेले हातले कपडा सिलाउदै भलो खाने पेशा गरेका थिए, जिविकापार्जन गर्नका लागि उनीहरूबाटै सिकेर निरन्तर तीन दाजुभाइ मैते र धनश्याम परियारले पनि यही पेशा अगालेका थिए, मैले पनि हालसम्म यही पेशाबाट जीविकापार्जन गरेको छु,” उनले भने ।
बाजेले हातबाट कपडा सिलाउँथे, उनीहरूको साथमा मेशिन थिएन्, मैले हातबाट कपडा बुन्दाबुन्दै मेसिन आयो, मेसिनबाट कपडा चिलाउन सहज भएको छ, त्यही मेसिनबाट हालसम्म जीविका लागि निरन्तर उनीसँग छ ।
पहिल्य विवाह बत्तबन्ध र स्कुल ड्रेस, कोटपाइटको सेट हामीलेनै सिलाउने गर्थौं, हामी यही काम ब्यस्त बनेका थियौं, अहिल्य पहिल्यजस्तो काम हुँदैन् । पछिल्लो समय प्रविधिहरूको विकास र डिजाइनले नयाँपुस्ता बजारकेन्द्रित भएका छन्, उनले भने ।
तीनपुस्ताले सिलाइलाई मुख्य हतियार बनाउँदै बाजेहरू यही पेशाबाट हामीलाई हुर्काए, मैले पनि सिलाइबाट आठ सन्तानको परिवारको खर्च धानेको अनुभव सुनाए । चार छोराहरूलाई यो सीप सिकाए, तर जीविकापार्जन ग्राहो भएपछि उनीहरू बढी आम्दानी खोज्दै विदेश र अन्य पेशामा पलायन छन् ।
पहिल्य विदेश जाने चलन थिएन, सहज रुपमा रोजगार पाउन ग्राहो थियो, बाउँबाजेको सीपलाई निरन्तरता नदिए जीवन धान्न ग्राहो भएको अनुभव सुनाए । छोराछोरीहरू हुर्किएर आ–आफ्नो क्षेत्रमा लागिसके, आफ्नो र श्रीमतीको जीविकापार्जन गर्न जयमानका (भलोखाने) विभिन्न समयमा गएर कपडा सिलाउने उनीहरूले दिएको अन्न र प्राप्त नगदबाट परियारले घरखर्च चलाइराखेका छन् । तीन पुस्तादेखि गर्दै आएको भलोखाने पेशा छोराहरू अन्य क्षेत्रमा पलायन हुदाँ लोभ हुने अवस्थामा पुगेको बताए ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्