Logo

जुम्लाको पातारासी गाउँपालिका सिल

संक्रमितको संख्या ९ पुग्यो

जुम्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तर सम्म फैलिन सक्ने खतरा बढ्दै गएको छ । जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाका २३ वर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाका चारै किल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
पातारासीको सबै भन्दा मानिसहरुको भिड पालिकाका विभिन्न स्थानमा विहिबार गरिएको पिसिआर जाँचबाट एकजनामा कोरोना पोजेटिभ देखिएको हो । समुदायस्तरमा कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै पातारासीको पूर्वमा गडीगाउँ, पेरे, हुरीमहरी पश्चिममा चन्दननाथ नगरपालिकाको सिमाना राँनागाउँ,उत्तरमा खाली चौर र दक्षिणमा गुठिचौरको सिमाना लेटिलेखको चार किल्लामा अर्को निर्णय नहुन्जेल अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । अर्को निर्णय नहुन्जेल सिल गएिको चारै किल्लामा औषधी पसल बाहेक अन्य कुनैपनि गतिविधि गर्न पाईने छैन् ।
शुक्रबार अर्थात आज विहान ६ बजेदेखि अर्को आदेश नभए सम्मको लागि संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
साउन ६ गते लकडाउन अन्त्य भएता साउन १२ गते जुम्ला कोरोना मुक्त घोषणा भएको थियो । कोरोना मुक्त घोषणा भएको ढाइ हप्ताको अवधिमा जुम्लामा ९ जना कोरोना संक्रीत भईसकेका छन् । स्थानीय तह तथा प्रशासनले पुर्व सतर्कतामा ध्यान नदिए समुदाय स्तरमै भयाव रुपमा कोरोना फैलिन सक्ने नागरिक समाजका अध्यक्ष राज बहादुर महतको भनाई छ । उहाँका अनुसार अझै सचेतना मुलक कार्यक्रमलाई अघि बढाई नियम पालानमा जोढ दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्