भारतमा गत वर्षको तुलनामा हवाई यात्रुको संख्यामा ८२ प्रतिशतले कमी «

भारतमा गत वर्षको तुलनामा हवाई यात्रुको संख्यामा ८२ प्रतिशतले कमी

नयाँ दिल्ली-नागरिक उड्डयन नियामक (डीजीसीए) ले बिहीबार यो वर्ष जुलाईमा कुल २१.०७ लाख मानिसले घरेलू हवाई यात्रा गरेको जनाएको छ । जुन गत वर्षको समान अवधिको तुलनामा ८२.३ प्रतिशतले कम हो । यसैगरी जूनमा ६ प्रमुख भारतीय विमान कम्पनीमा पाँचमा क्षमताको ५० देखि ६० प्रतिशतको उपयोग भएको थियो ।
डीजीसीएका अनुसार कोरोनाभाइरसलार्य मध्येनजर गर्दै सीमित हवाई संचालन भएका कारण जुलाई २०२० मा यात्री भारमा ठूलो गिरावट आएको थियो । विश्वव्यापी महामारी कोरोनाभाइरसको प्रसारलाई मध्येनजर गर्दै २३ मार्चमा लागेको प्रतिबन्धको २ महिनापछि २५ मे मा घरेलू यात्री उडान सेवा पुनः सुरु गरेको थियो ।
डीजीसीका अनुसार यो वर्ष जुलाईमा स्पाइसजेटको क्षेमता ७० प्रतिशत उपयोग भएको थियो । यद्यपि इन्डिगो, गोएयर, विस्तारा, एयरएसिया इन्डिया र एयर इन्डियाका लागि यो दर क्रमशः ६०.२ प्रतिशत, ५०.५ प्रतिशत, ५३.१ प्रतिशत, ५६,२ प्रतिशत र ४५.५ प्रतिशत रहेको छ ।
यो वर्ष जुनमा १९.८४ लाख यात्रीले घरेलू यात्रा गरेका थिए । यसैगरी २५ मे देखि ३१ मेकोबीचमा २.८१ लाख हवाई यात्रीले घरेलू यात्रा गरेका थिए । आंकडामा भनिएको छ कि जुलाईमा समय पालनाका कारण एयरएशिया इन्डियाका चार मेट्रो हवाई अड्डा बैंगलोर, दिल्ली, हैदरावाद र मुम्बईमा ९८.१ प्रतिशतका साथ उत्कृष्ट प्रदर्शन भएको थियो ।
नियामकका अनुसार यी चार विमानस्थलमा समयको पालनका लागि इन्डिगो र विस्तारा क्रमशः ९७.६ प्रतिशत र ९५.९ प्रतिशतका साथ दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्