जति उत्पादन त्यति नै अनुदान «

जति उत्पादन त्यति नै अनुदान

गुल्मी-कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गुल्मीमा ‘उत्पादनमा आधारित अनुदान’ वितरण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामामा गत वर्षदेखि यस्तो अनुदान वितरण गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गुल्मीमा ‘उत्पादनमा आधारित अनुदान’ वितरण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामामा गत वर्षदेखि यस्तो अनुदान वितरण गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।“कृषि तथा पशुपालन क्षेत्रमा हरेक युवाहरुलाई आर्कषित गर्ने मुख्य उद्देश्य राखेर मालिका गाउँपालिकाले गत वर्षदेखि ‘उत्पादनमा आधारित अनुदान’ वितरण गर्दै आएको छ ।” गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले भने, “यस आर्थिक वर्षको सुरुवाती चरणमा नै गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ कृषकलाई वितरण गरेको छ ।”गाउँपालिकाले सहकारीमार्फत अनुदान वितरण गर्दै आएको छ । अनुदानबाट यो आर्थिक वर्षमा मात्रै १ सय २४ जना कृषक लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेको कृषिउपज खेर जान नदिन, कृषकलाई सहि मूल्य दिन, पशुपालन तथा कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाले यस्तो कदम चालेको हो ।

एक किलो मासु बराबर एक सय अनुदान
“मासुमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले कृषकले उत्पादन गरेको मासुमा प्रतिकिलो १ सयका दरले अनुदान दिँदै आएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले भने, “कुनै कृषकले कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा प्रतिकेजी १ सयका दरले अनुदान पाउँछ ।” कुनै कृषकले बोका तथा खसीको कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा कृषकले १० हजार अनुदान पाउने छ ।‘उत्पादनमा आधारित अनुदान’ ले गर्दा गाउँपालिका भित्र कृषि र पशु क्षेत्रमा कृषकको आर्कषण बढ्दो देखिएको छ । ‘उत्पादनमा आधारित अनुदान’ पाउनका लागि गाउँपालिका भित्रका कृषकहरुले गाउँपालिकामा रहेको सहकारीमार्फत् कृषि उपज तथा बोका खसी बेच्नुपर्ने हुन्छ । यस अनुदानले गाउँपालिका भित्रका नेटा, दर्लिङ्ग, अर्खबाङ्ग, छापहिले, अर्जै, घमिर र मर्भुङ्ग वडाका कृषकहरु हर्षित बनेका छन् ।गाउँपालिकाले मासुमा प्रतिकिलो १ सय, दूधमा प्रतिलिटर ५, अण्डा प्रतिगोटा २ का दरले अनुदान दिँदै आएको छ । गाउँपालिकाले हरेक प्रकारका कृषि तथा पशु उपजहरुमा ‘उत्पादनमा आधारित अनुदान’ दिँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस वर्ष पनि यहीँ अनुदानका लागि ३० लाख रकम विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्