भूटानमा पहिलो पटक देशव्यापी लकडाउन लागू «

भूटानमा पहिलो पटक देशव्यापी लकडाउन लागू

थिम्पु-कोरोनाभाइरसको महामारी सुरु भएपछि भूटानले पहिलो पटक लकडाउन लागू भएको छ । यो कदम कुवेतबाट भूटान आएकि एक महिलाद्वारा गरिएको यात्राबाट कोरोनाभाइरस संक्रमण फैलिएको आशंकामा उठाइएको हो । सरकारले देशमा लगभग ७ लाख ७५ हजार जनसंख्यालाई घरमै बस्नका लागि आदेश दिएको हो ।
देशको सबै स्कुल, कार्यालय र व्यापारिक संस्थान बन्द गरिएको छ । सरकारी बयानका अनुसार यो लकडाउन ५देखि २१ दिनसम्म संक्रमित बिरामीको पहिचान गरेर उनीहरुलाई छट्टै राख्नका लागि लागू गरिएको हो ।
लकडाउनको उद्देश्य संक्रमणको प्रसारको श्रृंखला तत्काल रोक्ने रहेको छ । कुवेतबाट फर्किएकि २७ वर्षीय भूटानी महिला यात्रीका लागि अनिवार्य आइसोलेसनपछि गरिएको जाँचमा संक्रमण मुक्त पाइएको थियो । तर आइसोलेसन केन्द्रबाट छुट्टी र सोमबार कोभिड–१९ जाँचमा संक्रमणको पुष्टि भएपछिको अवधिमा महिलाले भूटानको कयौ क्षेत्रको यात्रा गरेको पाइएको छ ।
पर्यटनमा निर्भर यो देश मार्चमा कोभिड–१९ बाट संक्रमित एक अमेरिकी यात्रीको अस्पतालमा भर्ती भएपछि देशको सीमा विदेशी यात्रीका लागि अस्थायी रुपमा बन्द गरिएको थियो । भूटानमा एक बिरामीका अतिरिक्त कोभिड–१९ बाट संक्रमित सबै ११३ बिरामीलाई आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्