भात धेरै खादा हुन सक्छ घातक «

भात धेरै खादा हुन सक्छ घातक

नेपालीहरुको मुख्य खानानै भात रहदै आएको छ । भात नखाए खानेकुरानै नखाए जस्तो लाग्ने स्वभाव नेपालीमा विकतिस भइसकेको छ । तर खानामा भात धेरै समावेश गर्दा कालान्तरमा गएर यो घातक हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
भातमा न्यून स्तरको आर्सेनिक हुन्छ र यसले अकाल मृत्युलाई निम्त्याउन सक्छ । धेरै भातको सेवनले प्रत्येक वर्ष रोक्न सकिने हजारौ मृत्यु हुने गरेको छ ।
म्यानचेस्टरका दुई युनिभर्सिटीले गरेको अनुसन्धानले लामो समय सम्मको न्यून तहको गैरअर्गानिक आर्सेनिकले क्यान्सर र मुटु सम्बन्धि रोगहरु लगायतका विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने देखाएको छ ।
‘द युनिभर्सिटी अफ म्यानचेस्टर’ र ‘युनिभर्सिटी अफ सालफोर्ड’ का अनुसन्धानकर्मीहरुले यो सम्बन्धको खोजी गरेका थिए र यसको नतिजा साइन्स अफ द टोटल इनभायोरमेन्टमा प्रकाशित भएको छ ।
यो नतिजाले मुटु सम्बन्धि रोगमा योगदान गर्ने प्रमुख तत्वहरु देखा परेको उल्लेख गरेको छ ।
“अध्ययनले बेलायत र वेल्समा अधिकतम २५ प्रतिशत भात खानेमा मुटु सम्बन्धि उच्च जोखिम देखिएको छ । यसमा न्यूनतम २५ प्रतिशत कम भात उपभोग गर्नेको तुलनामा गैर आर्सेनिक एक्सपोजर कम भएकाले यसो भएको हो ।”

 

प्रतिक्रिया दिनुहोस्