उद्योगी लाठको ‘अघटित’ उपन्यासलाई पुरस्कार «

उद्योगी लाठको ‘अघटित’ उपन्यासलाई पुरस्कार

वीरगन्जबाट उद्योग व्यवसायक्षेत्रमा निरन्तर लागि रहेका उद्योगी गणेश लाठ पछिल्लो समयमा साहित्यिक क्षेत्रमा समेत परिचित हुदै आएका छन् । व्यापारिक पृष्ठभूमिमा जन्मिएका लाठले व्यापार व्यवसायलका अलावा खेलकुद र साहित्यक्षेत्रमा समेत सफलता हासिल गरेका छन् । पहिलो प्रकाशित कृति ‘अनुराधा भवन’ बाट साहित्य यात्रामा फड्को मारेका लाठले पछिल्लो पटक लेखेको अघटित उपन्यासले चितवन साहित्य परिषद, स्थापना गरेको ‘चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार २०७६’ पाउने भएको छ ।
उद्योगी लाठले लेखेको ‘छमिया’ दोश्रो प्रकाशित कृति हो । भने, अघटित तेश्रो प्रकाशित कृति हो । चौथो रचना पनि प्रकाशोन्मुख रहेको उद्योगी तथा साहित्यकार गणेश लाठले बताए । आपूmले रचना गरेको रचनाले पहिलो पटक पुरस्कार पाउने खबरले साहित्यिक क्षेत्रमा आफुलाई विस्तारै चिन्न थालेको अनुभूति भएको लाठले बताए । उनले रचना गरेको ‘अघटित’ उपन्यासले पुरस्कार पाउने चितवन साहित्यक परिषदको निर्णयले व्यापार व्यवसायक्षेत्रमा मात्रै होईन खेलकुद र साहित्यिक क्षेत्रमा समेत आपूmलाई पहिचान गराउन लाठ सफल भएका छन् । स्वभावले अत्यन्त शालिन व्यक्तित्वका धनी लाठ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी अहिले नेपाल उद्योग वाणिज्य संघको प्रदेश समिति सदस्य समेत हुन् । बोलीचालीमा समेत बढी साहित्यिक भाषामा कुरा गर्न रुचाउने लाठकै नेतृत्व र पहलमा वीरगन्जमा पहिलो पटक नेपाल भारत अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्