कांग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी «

कांग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी

ललितपुर-श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली कांग्रेसले सचिवमा नियुक्ति गरेको हो ।
उनीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रूपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार सेयर सदस्य छन् ।
संस्थाको लगानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यमिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
सबै सस्थाको नेतृत्वदायी भूमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथक रूपमा लागिरहने बताए ।
नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष भएका भण्डारी सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५(९ बमोजिम उनलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उहाले पार्टीको केन्द्रीय वित्तीय विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागि पर्ने बताए ।
यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीको रूपमा परिचित छन् ।

 

प्रतिक्रिया दिनुहोस्