सिद्धार्थ बैंकद्वारा कोरोना भाइर उपचार कोषलाई सहयोग «

सिद्धार्थ बैंकद्वारा कोरोना भाइर उपचार कोषलाई सहयोग

सिद्घार्थ बैंक लिमिटेडले कोरोना भाइरसविरुद्धको उपचाका लागि दुई करोड सतसट्ठी लाख सत्ताइस हजार नौ सय उनन्तिस रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त रकम सरकारले स्थापना गरेको कोषलाई हस्तान्तरण गरेको हो ।
उक्त रकमबराबरको चेक अर्थमन्त्री डा युवराज खतिवडालाई बैंकका अध्यक्ष मनोज कुमार केडियाले हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण भएको बताउए । उनले बैंकबाट प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए । यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी छयहत्तर लाख भन्दा बढी रकम सहयोग गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्