‘सपिंङ मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को-रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ ।
यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।
सो सपिङमलमा रहेका करिब १२० व्यक्तिलाई भने सुरक्षित स्थानमा सारिएको समाचारमा जनाइएको छ । प्रहरीले उद्वार कार्य जारी राखेको छ ।सपिङमलको करिब १ हजार स्क्वायर मिटरमा सो आगलगाी फैलिएको रसियाली समाचार समिति स्पुत्नीकले जानकारी दिएको छ ।
रसियाली आपतकालिन व्यवस्थापन मन्त्रालयको सोमबार जारी विज्ञप्तिका अनुसार आगलागी भएको सो इलाकामा धुँवाको निकै बाक्लो मुस्लो माथिसम्म उडेको देखिएको छ ।
यसकारण पनि आगलागीमा फसेका नागरिकको उद्वारका लागि निकै ठूलो समस्या परेको अधिकारीहरुले जानकारी दिएका छन् । रसियाली अपातकालिन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभका अनुसार आगलगी भएको सो सपिङ सेन्टरमा पहिलो चरणको खोजी र उद्धारकार्य स्थानीय समयानुसार साँझको ६ बजे सम्म सकिने छ ।मौसम अत्यन्त चिसो भएको कारण सो समयभन्दा बढी खोजी र उद्धारकार्य जारी राख्न नसकिने उनले जानकारी दिएका छन् ।आगलगीको कारण भने अझै खुलेको छैन । आगलागीको कारण अनुसन्धानरत रेहको जनाइएको छ ।