कार्यपालिकाको बैठक बोलाएर सचिव सम्पर्कविहीन «

कार्यपालिकाको बैठक बोलाएर सचिव सम्पर्कविहीन

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम कार्यालयको काम छोडेर नगरपालिकालाई जानकारी नगराई हिँडेका छन् । नगरपालिकाको गाडी लिएर नगर प्रमुख सूर्यप्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीलाई जानकारी नगराई कार्यालयमा उपस्थित भएका छैनन् ।
साउन २६ गते नगरपालिकाले बोलाएको नगरकार्यपालिकाको बैठकका सचिवसमेत रहेका प्रमुख प्रशासकिय अधिकृत गौतम कार्यपालिकाको बैठकमा उपस्थित नभई कसैलाई निमित्तको जिम्मेवारी पनि दिएनन् । नगरपालिकाका अधिकृत गौतमले निमित्तको जिम्मेवारी नदिई हाजीरीमा विदा लेखेर हिँड्दा नगरको काम प्रभावित भएको छ ।
शीतगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ मा गरेका कामको समीक्षा तथा चालू आवमा गर्ने काममा बारेमा छलफल गर्न उपप्रमुख, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यलाई खबर गर्न प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सञ्चालनका सचिव अर्जुन गौतमलाई साउनको १९ गते जानकारी गराएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत गौतमले कार्यपालिका बैठकको अघिल्लो दिन साउन २५ गते बैठकको आयोजना भनेर कार्यापालिका सदस्यलाई जानकारी गराए ।
कार्यपालिका सदस्यहरू बैठक छ, भनेर भुगोलले टाढा बर्खाको समय हिँड्दै तथा मोटरसाईकलमा नगरपालिकासम्म आईपुगेमा थिए । कार्यपालिका बैठकको तयारी गरिरहेका नगरप्रमुख अधिकारी र नगरउपप्रमुख टीका रेश्मी प्रमुख प्रशासकिय अधिकृतको पर्खाइमा थिए ।
प्रमुख प्रशासकिय अधिकृत गौतम साउन २६ गते बिहान नगरपालिकाको गाडी लिएर नगरका प्रमुख, उपप्रमुखलाई जानकारी नगराई हिडेका रहेछन । गौतमले कार्यालयमा काम गर्ने कर्मचारी कसैलाई पनि निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएका छैनन । नगरपालिका प्रमुख अधिकारी र उपप्रमुख रेश्मीले जनप्रतिनिधिले नगरपालिकाको काम गर्ने सन्दर्भमा मिडियामा आई बोलेर प्रमुख प्रशासकिय अधिकृत स्थानीय सरकारलाई थाहा नदिए नगरकै गाडी लिएर हिडेकोमा आपत्ती जनाएका छन् ।
शीतगंगा नगरपालिकामा पतञ्जलीको भवन बनाउने ठेक्का लिएका भुसाल कन्ट्रक्सनका पदम भुसालले भने नगरका प्रमुख प्रशासकीय अधिकृतकै कारण काम गर्न नपाएको बताए । भवन बनाउनका लागि जग्गा चयन नभईकन सम्झौता भएको थियो, तर जग्गा टुंगो लागेपछि लकडाउनको समयमा पास गर्न मालपोत कार्यालय बन्द थियो, प्रशासकिय अधिकृतले काम नगर्न भने, पछि समय सकिँदै गयो, असार १ गतेबाट काम गर्न भने, ‘समय अभाव भयो काम सम्पन्न गर्न सकिएन । उनले काम गर्नका लागीे समयमा काम गर्न कार्यादेश नदिदा समस्या भएको हो, ठेकेदार भुसालले भने ।
शितगंगाको डमरु दहको संरक्षणको काम गर्नका लागी पनि १ हप्ताको समय थप गर्नभन्दा प्रमुख प्रशासकीय अधिकृतले नथपिदिएपछि काम पुरा गर्न नसकेको बताए । प्रमुख प्रशासकिय अधिकृतले समयमा काम नगर्दा नगरका धेरै योजनका रकम फ्रिज भएको जनप्रतिनिधीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्