दीगो पर्यटन विकासमा बोर्डको बजेटमा जोड «

दीगो पर्यटन विकासमा बोर्डको बजेटमा जोड

नेपाल पर्यटन बोर्ड चालु आर्थिक वर्षको बजेटमा कटौती गरेको छ । बोर्डले ८० करोड ७१ लाखको बजेट विनियोजन गरेको छ । विगतमा भन्दा पृथक बजेट ल्याएको बोर्डले पर्यटनको दिगो विकासमा खर्च गर्ने जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका बीचमा आएको बोर्डको बजेटमा यस वर्ष पर्यटन नेपालमा आउने वातावरण बनाउनका लागि आधार वर्षको रुपमा प्रचार गर्ने गरी बजेटका प्राथमिकता निर्धारण गरेको बोर्डको दावी छ ।
यस आर्थिक वर्षमा २ लाख ६ हजार पर्यटक आउने प्रक्षेपण बोर्डले गरेको छ । गत वर्ष बोर्डले १० अर्ब ६३ करोड ९० लाखको बजेट पारित गरेको थियो भने यस वर्ष अघिल्लो वर्षको तुलनामा आधा हो । नेपाल भ्रमणमा आउने पर्यटकबाट प्रति पर्यटक १ हजारका दरले विमानस्थलमा बोर्डले टिकटमा नै शुल्क जोडेर विमान कम्पनीले उठाउने गरेको छ । सोही मुख्य आम्दनीबाट बोर्डले २० करोड ६२ लाख र पदयात्रामा जाने पर्यटकबाट प्राप्त हुने पदयात्री व्यवस्थापन सूचना केन्द्र (टिम्स) बापतको रकम ३ करोड रुपैयाँ भन्दा बढि प्राप्त हुने अनुमान गरीएको छ ।
त्यस्तै बोर्डले हल भाडाबाट ४८ लाख ७२ हजार रुपैयाँ उठ्ने अनुमान गरिएको छ । यस वर्षको बजेटमा पहिलो पटक बोर्डले विगतमा नेताहरको सिफारिसमा पूर्वाधार निर्माणमा वितरण गरिने बजेटमा कटौती गरिएको दावी प्रमुख कार्यकारी अधिकृत डा. धन्नजय रेग्मीले बताए । “पुर्नउत्थान के कस्तो गन्तव्यमा छन् तीनको अवस्था के कस्तो छ, विस्तृत विवरण लिएर लगत संकलन गरी वोन स्टप डेस्टिनेशनको रुपमा भारत चीन र नजिकका दूरीमा बोर्डले चालू आर्थिक वर्षमा प्रचार प्रसार गर्ने” रणनीति लिएको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । यस वर्ष गन्तव्यमा नै पुगेर प्रचार प्रसार गर्न भन्दा डिजिटलाइजेसनको माध्यमबाट गन्तव्यको प्रचारमा जोड दिएको बोर्डले जनाएको छ ।
बोर्डको डाटाबेस मजबुत बनाएर अध्ययन अनुसन्धान गर्नका लागि र बोर्डबाट नै पर्यटकले नेपालका होटल तथा गन्तव्यको बुकिङ गर्ने गरी डाटाबेस बनाउने यो आर्थिक वर्षमा जोड दिएको छ । यसले गर्दा बोर्डलेको रिकभरी र सेस्टेनेवल बनाउनका लागि सहायोग पु-याउने लक्ष्य लिएको छ ।
त्यस्तै चोयु हिमाल आरोहको लागि मार्ग बनाउनको लागि ३ करोड बजेट विनियोजन गरिएको छ । बोर्डले पहिलो पटक संयुक्त राष्ट्रसंघ विकास साझेदारी कार्यक्रमअन्र्तगत (युएनडीपी) सँगको सहकार्यमा कोभिड–१९ का कारण रोजगार गुमाएका पर्यटक मजदुरको सीप अभिवृद्धि गर्न ४ वर्षका लागि करिब २५ करोड रुपैयाँ प्राप्त हुने र बोर्डले २५ करोड गरी कुल ५० करोडको कोष बनाएर सहजीकरण गर्ने छ । यस वर्षको लागि १ करोड ४ करोड रुपैयाँ प्राप्त भइसकेको रेग्मीले बताए ।

धन्नजय रेग्मी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड

यस वर्ष पूर्वाधारमा बजेट विनियोजन गरिएको छैन । बजेटमा अध्ययन अनुसन्धानमा जोड दिएको छ । यसले रिकभरी र सस्टेनेवलिटीमा ठूलो योग्दान पु-याउने छ । आइएफसी र यूयनडीपी अन्तर्राष्ट्रिय संघ संस्थासँगको सहकार्यमा पर्यटन मजदुरलाई रोजगारी प्रदान गरिने छ । आन्तिरिक पर्यटकलाई बजेटमा जोड दिएको छ । यस वर्षबाट डिजिटल मार्कटिङकामा जोड दिएको छ । वोन स्टप गन्तव्यको अवधारण अनुरुप नजिका गन्तव्यमा प्रचारमा जोड दिएको छ । अनलाइन पोर्टलबाट बुकिङ गर्दा बोर्डको साइडबाटै गर्न पाउने गरी पोर्ट विकास गरिने छ । टिम्सको रकम परिचालन गरिने छ । जिआईएस डाटा बेसबाट नेपालका गन्तव्यको सम्पूर्ण जानकारी दिनको लागि बजेट छुट्टाइएको छ । विगतको भन्दा पृथक बजेट ल्याउका छौं । बोर्डको बजेटले नेपालको पर्यटन उत्थान र पर्यटन क्षेत्रको दीगो विकासमा खर्च गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्