सीजी ब्राण्डका नयाँ सुविधासहितका फ्यान र कुलर बजारमा «

सीजी ब्राण्डका नयाँ सुविधासहितका फ्यान र कुलर बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले गर्मी मौसमलाई ध्यानमा राखेर नयाँ मोडलका फ्यान र कुलरहरु बजारमा ल्याएको छ । विभिन्न साईज र स्वरुपमा धेरै भन्दा धेरै प्रकारमा फ्यानहरु बजारमा ल्याएको सीजीले जनाएको छ । जसमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, रिजार्जयबल फ्यान, अलपर्पोज फ्यान, एक्जस्ट फ्यान, टेबल र वाल फ्यान जस्ता रहेका छन् ।
आफ्नो आवश्यकता अनुरुप ग्राहकले ती उत्पादन सहुलीयत दरका खरिद गर्न सक्ने कम्पनीले जनाउको छ । सीजीले सिलिङ फ्यानमा अकर्षक डिजाइन, धेरै टर्क मोटर र आरपिएम रहेको, फ्यान चलाउँदा विभिन्न किसिमका कलरहरु फाल्ने लगायतका विशेषतासहित बजारमा आफ्ना उत्पादन ल्याएको जनाएको छ । त्यस्तै स्ट्याण्ड फ्यानमा पाँच वटासम्म ब्लेडहरु रहेको छ, जसले धेरै हावा प्रवाह गर्ने कम्पनीको दावी छ । रिमोट पनि रहेकाले यी फ्यानहरु सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै लोडसेडिङको समयमा पनि चिसो हावा लिनका लागि रिर्चाजेयबल फ्यानहरु पनि उपलब्ध रहेको बताइएको छ । होटल र अफिसमा सजिलै प्रयोग गर्न मिल्ने टेबल र वाल फयन पनि उपलब्ध रहेको सीजीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्