डिशहोमको द स्ट्रिङ्स शोको पहिलो चरण सम्पन्न «

डिशहोमको द स्ट्रिङ्स शोको पहिलो चरण सम्पन्न

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङ्लिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्सको पहिलो चरण सम्पन्न भएको छ ।
पहिलो चरणमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीले सहभागिता जनाएका थिए । तीन राउन्डमा सञ्चालन हुने यो सांगीतिक प्रतियोगितामा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरु गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु पर्ने थियो । छिटै सम्पूर्ण सहभागीमध्ये बाट १० जना छनोट गरिने डिशहोमले जनाएको छ ।
सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाइन भोटिङ र उत्कृष्ट प्रस्तुतिका आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनोट गर्नेछन् । निर्णायक मण्डलमा पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोइराला छन् ।
विभिन्न समयमा डिशहोमले सञ्चालन गर्ने यस्ता प्रतियोगीतामार्फत ग्राहकले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्