मुगुमा जिप दुर्घटना १ जनाको मृत्यु १० जना घाईते «

मुगुमा जिप दुर्घटना १ जनाको मृत्यु १० जना घाईते

मुगु -बुधबार दिउसो ४ः२५ बजे जिल्ला सदरमुकाम गमगढीबाट जिल्ला कै सोरु गाँउपालिका स्थित तारापानी तर्फ जादै गरेको बोलेरो जिप दुर्घटना हुदा गाडीमा सवार १ जना यात्रुको मृत्यु हुनका साथैै १० जना घाईते भएका छन ।
सोरु गाँउपालिका तर्फ जादै गर्दा छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउ नजिकै (साधेपानी भन्ने स्थानमा) क १ ज ३२ नम्बरको बलेरो जिप सडकबाट अन्दाजि १०० मिटर तल खस्दा गाडीमा रहेका चालक सहित १० जना घाईते भएका छन भने एक जनाको मृत्यू भएको हो ।
मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगा गाँउका १८ वर्षिय धर्म लावडको घटना स्थलमै मृत्यु भएको र घाइृतेहरुमा जुम्लाा सिंजा गाँउपालिका घर भै हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल ,सोरुगाउपालिका ८ रुमका सिद्ध रावल,विर्षना रावल,टेकराज रावल,वडा नं ५ नेरका सुरेश शाही,राज बहादुर शाही,वडा नं ९ कालैका रघु विटालु,भक्त लावड,वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी गराउनु भयो ।
घाईतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको छ भने सोरु गाउपालिका वडा नं ५ का वर्ष ६२ का राज बहादुर शाही र वडा नं ७ रुपलाल बुढाको अवस्था गम्भिर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्नका लागी रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।

दान बहादुर बुढा

प्रतिक्रिया दिनुहोस्