रुस–चीन जोड्ने रेलवे पुल २०२२ मा खुल्ने «

रुस–चीन जोड्ने रेलवे पुल २०२२ मा खुल्ने

मस्को-अमुर नदीमथिको बहु प्रतिक्षित रुस–चीन जोड्ने पहिलो सीमापार रेलवे पुल २०२२ को पहिलो त्रैमासमा खुल्ने तय भएको रुसको जेविस स्वसाशित क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
२,२०९ मीटर लामो संरचनाले रुसको सुदुरपूर्वी क्षेत्रलाई चीनको उत्तरपूर्वी हिलोङजियाङ प्रान्तसँग जोड्ने छ । निज्नेलेनिस्कोयदेखि टोङजियाङसम्मको पुल दुई मुलुकबीचको पहिलो रेलवे पुल हुनेछ । यसले द्विपक्षिय व्यापारलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
चीनले आफ्नोतर्फको निर्माण पुरा गरिसकेको छ । रुसीपक्षतर्फ क्षेत्रका निमित्त गभर्नर रोस्टिस्लाभ गोल्डिस्टिनले भने,“समयमै पुरा गर्ने विषयलाई प्राथमिकता दिइएको छ । यो २०२१ को पहिलो त्रैमासमा पुरा हुने छ ।”
सीमापार पुलको निर्माण आधिकारिक रुपमा २०१६ मा सुरु भएको थियो । यो २८ वर्षको छलफलपछि सुरु भएको हो । नयाँ पुल र यसको सम्बन्धित पूर्वाधार १९.९ किमी लामो हुनेछ । पुल र सडकको लगभग ६.५ किमी भाग चीनमा र बाँकि १३.५ किमी रुसमा पर्ने चीनको सीएनएस एजेन्सीले जनाएको छ ।
अमुर नदीमाथिको पुलको राजमार्ग खण्ड गत वर्ष पुरा गरिएको थियो । यसले दुई मुलुकबीचको व्यापारलाई सुविधा प्रदान गर्नेछ । यो रुटले पहिलेको भन्दा सालाखाला ३५०० किमी छोट्याउने छ । रुसले यो मार्गबाट फलाम, कोइला, खनिज मल, काठ र अन्य सामग्री चीन निर्यात गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्