रासायनिक मलको माग गर्दै किसाको ज्ञापनपत्र «

रासायनिक मलको माग गर्दै किसाको ज्ञापनपत्र

रासायनिक मलको सहज आपूर्तिको माग गर्दै राष्ट्रिय कृषक समूह महासंघले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
कोरोनाको कारण भन्दै समयमा मलखाद उपलब्ध नगराएको भन्दै महासंघले आपत्ती जनाएको हो । “किसानलाई समयमा मलखाद आपूर्तिको प्रत्याभूति गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौं तर कोरोनाको कारण भन्दै सहज आपूर्ति हुन सकेको छैन,” महासंघका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले भने, “एक दुई हप्तामा आउँछ भन्दा भन्दै महिनौं बित्यो, किसानलाई देशभरी नै मल नपाएको अवस्था आएकाले सरकारको ध्यानाकर्षण गराएका हौं ।”
चालू आर्थिक वर्षमा अनुदानको रासायनिक मल वितरण गर्न ११ अर्ब बजेट विजियोजन गरिएको छ । बजेट प्रयाप्त हुँदमा पनि खरिद तथा आपूर्तिमा ढिलाइ भएकाले समयमै मल नपाउँदा किसान निरास भएको बस्नेतले बताए ।
“विगतका वर्षमा पाएको दुःख दोहोरीने र यस वर्ष कोभिडका कारण झन् बढी सास्ती व्यहोर्नु परेको समयमा नै सरकारले समेत बेवास्ता गरेको छर्लंग हुन्छ,” महासंघले पेस गरेको ज्ञापन पत्रमा भनिएको छ, “देशको अधिकांश भूभागमा धान रोपाइँ कार्य सम्पन्न भएको छ, यो वर्ष मनसुन सकृय भएकाले समयमा नै खेती त लगाए, तर धान खेतीमा चाहिने मल अभावका कारण अहिले किसान सडकसम्म आउन बाध्य भएका छन् ।”
धान तथा अन्य बालीका लागि आवश्यक पर्ने मलको उचित आपूर्ति र भण्डारण गर्नु राज्यको दायित्व भएकाले ठेक्का पाएका निकायहरु कृषि सामग्री कम्पनी, साल्ट टे«डिङ नै कोभिड १९ का कारण देखाउँदै मल आयात नगर्ने बहानावाजी गरिरहेका आरोप महासंघको छ । वितरण प्रणालीमा त्रुटीपूर्ण रहेकाले रसायनिक मलको सहज आपूर्ति र वितरण प्रणालीमा सुधार हुुनपर्ने महासंघको माग छ । यसअघि पनि महासंघले ध्यानाकर्षण गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्