माइक्रोसफ्ट डुअल डिस्प्ले एन्ड्रोइड स्मार्टफोन सार्वजनिक, मूल्य १ लाख ७० हजार रुपैयाँ «

माइक्रोसफ्ट डुअल डिस्प्ले एन्ड्रोइड स्मार्टफोन सार्वजनिक, मूल्य १ लाख ७० हजार रुपैयाँ

स्मार्टफोन व्यवसायमा माइक्रोसफ्ट लगभग एक किसिमले फ्लपनै भइरेको छ । तर कम्पनीले हालसम्म पनि हार मानेको छैन । माइक्रोसफ्टले आफ्नो पहिलो डुअल स्क्रीन एन्ड्रोइड स्मार्टफोन माइक्रोसफ्ट सर्फेस डुओको मूल्य पनि घोषणा गरेको छ ।
माइक्रोसफ्टका अनुसार कम्पनीले यो फोन १० सेप्टेम्बरमा लन्च गर्नेछ । यसको मूल्य १३९९ डलर अर्थात् १ लाख ७० हजार रुपैयाँ राखेको छ । यसको बिक्री पनि १० सेप्टेम्बरमै सुरु हुनेछ । ग्लोबल लन्चको बारेमा भने कम्पनीले हालसम्म जानकारी दिएको छैन ।
माइक्रोसफ्ट सर्फेस डुओको फीचर्स
माइक्रोसफ्ट सर्फेस डुओमा ५.६ इन्चको दुई ओएलईडी डिस्प्ले राखिएको छ । एसपेक्ट रेसिया ४.३ को छ र दुवै स्क्रीनको बीचमा एक हिन्ज राखिएको छ । कनेक्ट भएपछि ८.१ इन्चको स्क्रीन तयार हुन्छ ।
अचम्मको कुुरा के छ भने यो सामसङ फोल्डेबल डिस्प्ले जस्तो छैन । किनकी यहाँ एक मात्र फोल्डेबल डिस्प्ले नभएर दुई फरक–फरक डिस्प्ले प्रयोग गरिएको छ ।
यो फोल्डेबल स्मार्टफोनमा ११ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । यसै क्यामेरालाई सेल्फीका लागि पनि प्रयोग गर्न सकिन्छ । माइक्रोसफ्ट सर्फेस डुओमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर राखिएको छ । यसमा ६ जीबी -याम राखिएको छ र टप मोडलमा २५६ जीबीको स्टोरेज राखिएको छ ।
यो डिभाइसमा ३५७७ को ब्याट्रि राखिएको छ । यसका अलावा कनेक्टिभिटीका लागि ४जी, यूएसबी टाइप सी जस्तो स्ट्यान्डर्ड फीचर्स राखिएको छ । यो फोन माइक्रोसफ्टका लागि कत्तिको फाइदाजनक साबित हुन्छ र मनिसले मन पराउछन्, यो आउने समयमै निर्भर रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्