कर्णालीमा कपास उद्योग सञ्चालनमा «

कर्णालीमा कपास उद्योग सञ्चालनमा

मुगु- कर्णालीमा पहिलो कपास उद्योग मुगुको सोरु गाँउपालिका– ८ तारापानिमा सञ्चालनमा आएको छ । यो कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्र सन्चालनमा आएको २ वर्ष पछि मात्र सञ्चालनमा आएको हो । कर्णालीका अन्य जिल्लाहरुको कपास खेती उत्पादनमा पहुँच नभएकाले एक मात्र मुगु जिल्लाको सोरु गाँउ पालिकाको १ वडादेखि ११ वडासम्म परम्परागत रुपबाट कपास खेती गर्दै आएको यस ठाँउका स्थानीय बासीहरुको आय आजनमा सुधार ल्याउन कपास उत्पादन र प्रशोधन थालिएको हो ।
मुगुलाई चिनाउने हिसावले कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला कृषि कार्यालय सोरु गाँउपालिकाले स्थानीयको सहयोगमा कपास पकेट क्षेत्र र प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।
सोरु गाँउपालिकामा रहेको १६ हजार ५ सय ७५ जना स्थानीय लाभान्वित हुने लक्ष्यका साथ सञ्चालनमा आएको कपास उद्योगमा उद्योग तथा उपभोक्ता हित संरक्षण कायालय मुगुको ९० लाखको सहयोग गरेको छ । कृषि ज्ञान केन्द्र जुम्ला र जिल्ला कृषि कार्यालय मुगुबाट औजार उपकरण र कपास खेतिका लागि ७४ लाख भन्दा बढी रकम र स्थानीयको श्रमदानबाट ६६ लाख गरी जम्मा २ करोड ३० लाख भन्दा बढी रकम लागेको छ । उद्योगलाई चाहिने २ सय ३५ क्वीन्टल कच्चा प्रदार्थ स्थानीयले उत्पादन गरेको कपास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्