जबरजस्ती करणी आरोपमा एक जना पक्राउ «

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

सल्यान- विवाह गर्छु भनी प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नं ६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार पक्राउ गरेको हो ।
जिल्लाको कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२५ गते राति बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनी प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्