पत्रकार बलराम बानियाँको मृत्यु «

पत्रकार बलराम बानियाँको मृत्यु

पत्रकार बलराम बानियाँको मृत्यु भएको छ । उनको शव मकवानपुरमा भेटिएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा कार्यरत बानियाँ सोमबार बिहानदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेको बताइएको छ ।
उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखा परेको प्रहरीले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्योभन्दा अघि पनि उनी कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्