एकै दिन सुनको मूल्य तोलामा ६ हजार घट्यो «

एकै दिन सुनको मूल्य तोलामा ६ हजार घट्यो

लकडाउन यता निरन्तर उकालो लागेको सुनको मूल्य एक्कासी एकै दिन ६ हजार दुई सय रुपैयाँ घटेको छ । मंगलबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोला बुधबार तोलामा ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
रुपमा कोरान भाइरसविरुद्धको खोप पत्ता लगाई प्रयोगमा आएकाले मूल्य घट्न गएको बताइएको छ । पछिल्लो चार दिनयता क्रमिक ओरालो लागेको सुन बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले रुसले भ्याक्सिन प्रयोगमा ल्याएसँगै सुनको मूल्य एक्कासी घटेको जानकारी दिए । “कोभिड १९ को कारणले सुनको मूल्य निरन्तर बढ्दै आएको थियो” उनले भने, “कोभिड १९ को भ्याक्सिन बनेर प्रयोगमा आएपछि एक्कासी मूल्य घट्न गएको हो ।” अमेरिकन सरकारले फेडररिजव बैंकमार्फत व्याजदरलाई कम स्टीमुलस कार्यक्रम ल्याउने भनेकाले डलरमा केही सुधार आई चारदिन यता विस्तारमै मूल्य घटेको थियो” उनले भने, “मंगलबार रुपले कोभिड १९ को भ्याक्सिनेस प्रयोग गरिसकेपछि त्यसले अर्थतन्त्रमा सुधार आउन सक्ने संकेत आएपछि मूल्यमा गिरावट आएको छ ।”
आर्थिक क्षेत्र सुधार आउने देखिएपछि लगानीकर्ताहरुले मुनाफा आर्जन गर्नका लागि सुन बिक्री गर्न बजारमा ल्याएपछि मूल्य घटन गएको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि कारोबार मूल्य घटेको महासंघले जनाएको छ । मंगलबार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १ हजार ६ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ५६ डलर पुगेको सुनको मूल्य बुधबार १ हजार ८ सय ७६ डलरमा झरेको महासंघले जानकारी दिएको छ ।
कोरोनाविरुद्ध खोप विकास भएर अर्थतन्त्र सहज हुन थाले अन्य लगानी विकल्पको आकर्षण बढ्ने भएकाले सुनमा गरेको लगानीमा नाफा बुक गर्नका लागि ठूला लगानीकर्ताले सुनको बिक्री तीव्र बनाएपछि यसको मूल्य ह्वात्तै झरेको व्यवसायीको भनाई छ । यस अघि सुनको मूल्य बढेर एक लाख ३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमिक रुपमा घट्दै आएको महासंघले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्