सुनकोशी मरिनको डाइभर्सन सुरुङ टीबीएमबाटै «

सुनकोशी मरिनको डाइभर्सन सुरुङ टीबीएमबाटै

भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउनका लागि सरकारले स्वीकृति दिएको छ । सार्वजनिक खरिद ऐनले नम्र्स बनाएर मात्र काम गर्न पाउने व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले डाइभर्सन बहुउद्देश्यीय आयोजनामा टीबीएमबाट सुरुङ निर्माण कार्यको नम्र्स स्वीकृति प्रदान गरेको हो । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउनका लागि सरकारले स्वीकृति दिएको छ । सार्वजनिक खरिद ऐनले नम्र्स बनाएर मात्र काम गर्न पाउने व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले डाइभर्सन बहुउद्देश्यीय आयोजनामा टीबीएमबाट सुरुङ निर्माण कार्यको नम्र्स स्वीकृति प्रदान गरेको हो ।
 मन्त्रिपरिषद्को स्वीकृतिपछि सुरुङ निर्माणका लागि लागत अनुमान गरी बोलपत्र अघि बढाउन सहज भएको आयोजना निर्देशक सुशील आचार्य बताउँछन् । उनका अनुसार स्वीकृत नम्र्सअनुसार सुरुङको इन्जिनियरिङ लगायत विश्लेषण लगायतका काम अघि बढ्नेछन् । सुरुङ निर्माण गरिने स्थानको धरातलीय स्वरूप, निर्माणको समय एवं सुरक्षा र वातावरणीय पक्ष समेतलाई अध्ययन गर्दा टीबीएमबाट मात्र आयोजनाको सुरुङ निर्माणको सम्भावना देखिएपछि यसका लागि नम्स प्रक्रिया अघि बढेको थियो ।
५.५ मिटर तयारी ब्यास भएको गोलो आकृतिको १३.१ किलोमिटर लामो सुरुङ सिवाललिक लेजर हिमालय रिजन, हाई हिमाल रिजन समेतका भौगर्भिक बनावटहरू भई मेन बाउण्डरी थ्रष्ट र मेन सेन्ट्ररल थष्र्टबाट जाने हुँदा सेयर जाने, स्क्यूजीङ, स्लाविङ ब्रष्टिङ, हाइ वाटर इङग्रेस र फल्ट जोनमा समेत सुरुङ निर्माण कार्य गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्राविधिक र वातावरण दृष्टिकोणले टीबीएमको विकल्प नभएको आयोजनाले जनाएको छ ।
सिन्धुली जिल्लाको खुर्कोट क्षेत्रस्थित सुनकोशी नदीमा बाँध बाँधी ६७ घनमिटर प्रतिसेकेन्ड पानीलाई सुरुङमार्फत मरिन नदीमा किसाएर बाग्मती सिँचाइ आयोजनाको सिँचाइ प्रणालीको सदुपयोग र विस्तार गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमीनमा बर्षैभरि योजना पुर्याउने योजना छ । आयोजनाअन्र्तगत ६४ मिटर हेडमार्फत २८.६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पनि राखिएको छ । आयोजना सुरुङको लागि उपकरण लगायतको छनोटसहित मुख्य लागतका साथै उपयुक्र्त निर्माण व्यवसायीको छनोटका लागि खरिद कार्य सम्पन्न गर्ने आधार तयार गर्न लागत अनुमान आवश्यक भएकोले नम्स तयार पारिएको आयोजनाले जनाएको छ ।
टनेल रेखांकनको भौगर्भिक अबस्था, चट्टानहरूको प्रकार र बलियोपन, सामाना गर्नु पर्ने संभाब्य जोखिमको अबस्था आदिको आधारमा टीबीएम डिजाइन गर्नुपर्ने वस्तुगत आवश्यकता देखिएकोले र टनेलको साइज पनि फरक पर्ने भएकोले एउटा आयोजनाको टीबीएम अर्को आयोजनामा नमिल्ने भएकोले नम्र्स बनाउनुपरेको उल्लेख छ । नम्समा सामान्य अवस्थामा टीबीएमले प्रति घण्टा-मिटर सुरुङ खन्ने दर, स्क्यूजीङ, जिओथर्मल, रक ब्रष्टिङ लगायतका असामान्य अवस्थामा खन्ने दर, सुरुङ खन्ने, खनेको माटो-चट्टान सुरुङबाट फाल्ने, प्रिकाष्ट सेग्मेण्ट लाइनिङ लगायतका कार्यका लागि आवश्यक निर्माण तथा मर्मत सम्भार जनशक्ति, आवश्यक मेशिन तथा उपकरण, टीबीएम लागत तथा ढुवानी लगायतबारे उल्लेख छ । यसको आधारमा अनुमानित लागत पत्ता लगाउन सकिन्छ ।
 टीबीएम तथा अन्य जुनसुकै तरिकाबाट सुरुङ निर्माा गर्दा खन्ने स्थानभन्दा अगाडीको स्थानको जमीनको अवस्थाको अध्ययन  गर्नुपर्ने उल्लेख गर्दै नम्र्समा यो खन्दा अपनाउनुपर्ने सावधानीसहित ग्राउण्ड ट्रिटमेण्ट एण्ड स्टबलाइलेसनका लागि आवश्यक उपायहरू अबलम्बन गर्नुपर्ने भएकोले ड्रिलिङ, पीइए ग्राभेल, ड्रेनेज पाइप जडान, अम्ब्रेला पाइप रुफिङ-फोर पोल स्थापना लगायतका लागि आवश्यक   जनशक्ति सामग्री र उपकरणहरूको लागतबारे समेत उल्लेख गरेको छ । नम्र्सको आधारमा सुरुङ लागत अनुमान गर्न सक्ने बताउँदै आयोजना निर्देशक आचार्य चालू आर्थिक वर्षमा भने २ अर्ब ४६ करोड बजेट छुट्याएको बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्