धादिङमा बिगत पाँच वर्षमा सवारी दुर्घटनामा ४१४ जनाले ज्यान गुमाए «

धादिङमा बिगत पाँच वर्षमा सवारी दुर्घटनामा ४१४ जनाले ज्यान गुमाए

गजुरी-राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाका धादिङ जिल्ला हो । मुख्य नाका भएका कारण यस जिल्लामा सवारी दुर्घटना पनि तुलनात्मक रुपमा बढी नै हुने गरेको छ ।
धादिङको सिमा मौवा खोलादेखि नौविसेसम्म ६७ किलोटिर पृथ्वी राजमार्ग र नौविसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौँ जोड्छ । त्रिभुवन राजपथकै नौविसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर त्रिभुवन राजपथ वैकल्पिक राजमार्ग जस्तै बन्न पुगेका कारण सवारी चाप कम हुने गर्छ । विगत पाँच वर्षमा धादिङ जिल्लामा आठ सय ९२ सवारी दुर्घटना हुँदा चार सय १४ जनाले ज्यान गुमाएका छन् ।
आव ०७६–७७ मा भएका एक सय २५ सवारी दुर्घटनामा ४६ ट्रक, २९ बस, २४ जिपकार, आठ वटा ट्याक्टर, ७४ टेम्पो गरी एक सय ८१ सवारी तथा मालवाहक साधन दुर्घटनामा परे । ती दुर्घटनामा ४० जना पुरुष, नौ जना महिला, तीन वालक र एक वालिकासहित ५३ जनाले ज्यान गुमाए । सोही दुर्घटनामा परी एक सय १० जना पुरुष, ३१ जना महिला, छ जना वालक दुई जना वालिका सहित एक सय ४९ जना गम्भीर घाइते भए ।
यसैगरी एक सय ३७ जना पुरुष, ५१ जना महिला, नौ वालक र आठ वालिकासहित दुई सय पाँच जना सामान्य घाइते भए । आव ०७५–७६ मा भएका एक सय ३८ दुर्घटनामा ७० वटा ट्रक, ४४ वस, २४ वटा जिपकार, एक वटा ट्याक्टर, ५५ वटा मोटरसाइकल, अन्य आठ वटासहित दुई सय दुई सवारी तथा मालवाहन साधन दुर्घटनामा परे । सोही दुर्घटनामा ६८ पुरुष, २० महिला, तीन वालक, २ वालिकासहित ९३ जनाले ज्यान गुमाए ।
दुर्घटनामा परी एक सय १२ पुरुष, ५१ महिला, १४ वालक र तीन वालिकासहित एक सय ८० जना गम्भीर घाइते भए । यसैगरी एक सय २३ पुरुष, ६९ महिला, १५ वालक र तीन वालिकासहित दुई सय १० जना सामान्य घाइते भए ।
आव ०७४–७५ मा भएका एक सय ५५ वटा दुर्घटनामा ८८ ट्रक ४६ बस, १८ जिपकार, १२ ट्याक्टर, ५० मोटरसाइकल, एक शारिरिक शक्ति (साइकल) र अन्य तीन वटासहित दुई सय १८ सवारी तथा मालवाहक साधन दुर्घटनामा परे । ती दुर्घटनामा परी ७९ पुरुष, १९ महिला, नौ वालक र १० वालिका सहित एक सय १७ जनाले ज्यान गुमाए । दुर्घटनामा एक सय ४६ पुरुष, ४४ महिला, ११ वालक र छ वालिकासहित दुई सय सात जना गम्भीर घाइते भए । यसैगरी एक सय ४० पुरुष, ३४ महिला, २० वालक र आठ वालिकासहित दुई सय दुई जना सामान्य घाइते भए ।
आव ०७३–७४ मा भएका ९८ दुर्घटनामा ५९ ट्रक, २४ वस, १५ जिपकार, पाँच ट्याक्टर, ३७ मोटरसाइकल र अन्य दुईसहित एक सय ४२ सवारी तथा मालवाहक साधन दुर्घटनामा परे । ती दुर्घटनामा ६४ पुरुष, १९ महिला, ४ वालक र तीन वालिकासहित ९० जनाले ज्यान गुमाए । दुर्घटनामा परी ७४ पुरुष २७ महिला, छ वालक र पाँच वालिकासहित एक सय १२ जनाले ज्गान गुमाए । यसैगरी ६९ पुरुष, २० महिला, तीन वालक, तीन वालिकासहित ९६ जना सामान्य घाइते भए ।
आव ०७२–७३ मा भएका ९० वटा दुर्घटनामा ६५ ट्रक, ३३ वस, १२ जिपकार, एक ट्याक्टर, ३४ मोटरसाइकल, तीन वटा शारिरीक शक्तिबाट (साइकल) र एक अन्यसहित एक सय ४९ सवारी तथा मालवाहक साधन दुर्घटनामा परे । ती दुर्घटनामा परी ५० पुरुष नौ महिला र दुई वालकसहित सहित ६१ जनाले ज्यान गुमाए । सोही दुर्घटनामा ७१ पुरुष, ३० महिला, दुई वालक र १० वालिकासहित एक सय १३ जना गम्भीर घाइते भए । यसैगरी ६५ पुषष, ३७ महिला, दुई वालक र चार वालिकासहित ९९ जना सामान्य घाइते भए ।
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले २४ घण्टा सक्रियताका साथ काम गरिरहेको बताएको छ । सवारीसाधनको चाप बढी, सडकको भारवन क्षमता कम हुँदा सडकमा परेका खाल्टाखुल्टी, साँघुरा घुम्ती र चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीषक नेत्र प्रसाद भट्टले बताए ।
दैनिक ११ हजारदेखि १३ हजारसम्म चार पाङ्ग्रे र सात हजार भन्दा बढी मोटरसाइकल आवतजावत गर्छन् । सवारी दुर्घटनाम न्यूनीकरण गर्न लामो दूरीका चालकहरुलाई लक्षित गरी रिफ्रेस सेन्टर सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, पर्चापम्प्लेट, सन्देशमूलक माइकिङ गरेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्