दुध बेचेरै राजधानीमा २८ लाखको घडेरी «

दुध बेचेरै राजधानीमा २८ लाखको घडेरी

जुम्ला – गुठिचौर गाउँपालिका–५ बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यवसायीक भैसीपालक किसान हुन् । उनले २०५२ सालदेखि १ भैसीबाट व्यवसाय शुरु गरे । २०६३ पछि व्यवसायीक रुपमा भैसीपालन शुरु गरेको हुँ । उनले भने,“पहिला एकवटा मात्रै भैसी थियो, ०६३ साल यता ३-४ भैसी पाल्न शुरु गरे । रहेक दिन झिसमिसे उज्यालो नहुँदै बाइकमा सदरमुकामका डेरी र होटलमा दुध पुराउने उनको दैनिकी हो ।
हुन त वनस्पती कार्यालयमा सरकारी जागिर पनि थियो । तर जागिर भन्दा व्यवसायबाटै आम्दानी दोब्बर हुन थालेपछि २०५२ सालबाट खादै आएको सरकारी जागिर ०७१ बाट छोडिदिए ।” जागिरको तलबल घरपरिवार पाल्न,छोराछोरीको पढाई खर्च जुटाउन सकिएन् । फेरी बजामा दुधको आबश्यकता पनि बढिरहेको थियो । त्यसैले भैसीपालन व्यवसायलाई अंगालेको धितालले सुनाए ।
१ भैसीबाट शुरु गरेको भैसीपालन व्यवसायमा अहिले १५ भैसी छन् । उनिहरुकै स्याहार सुसारमा मेरो दिन रात बित्छ । प्रया सपना पनि भैसीकै देख्ने गरेको उनले उल्लेख गरे । शुरु जागिर गर्न नसकी भैसी पालनमा आएको भन्दै कुरा काट्नेहरु आजभोली मेरै उत्प्रेरणाले व्यवसायतिर लागेका छन् ।
धिताल भन्छन,“नत सरकारको अनुदान पाउन सकिएको छ । नत मान सम्मान नै तर व्यवसायीक भैसीपालनक आफ्नो कर्म र भविष्य सम्झेर दिनरात नभनी खटिरहेको छु । कुनै बेला निको मसिनो खान चाडपर्व कुर्ने मेरो परिवार आजभोली साँझ विहान दहि दुध, घिउ खाली छैनन् सबै व्यवसायकै कमाल हो ।”
राजधानीमा २८ लाखको घडेरी
करिब दुई दशकको जागिरे जीवनले कमाउन नसकेको सम्पत्ति, प्रतिष्ठा व्यवसायीक भैसीपालन गर्दा छोटो समयमै धेरै प्रगती गर्न सफल भएको विष्णु धितालको दाबी छ । जुम्ला सदरमुकाममा दुध बचेकै पैसाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २८ लाखको घडेरी खरिद गरेको बताए । साथै भने, भरखरै २ लाखमा डिसकवर मोटर साईलकल समेत खरिद गरेका छन् ।
उनले भने,“सुर्खेतमा घडेरी छ, जुम्लामा घर बनाए, दुध बचेकै पैसाले जेठी छोरीलाइ अमिन, माईली छोरीलाई ओभरसियर पढाएको छु । भने कान्छीले यस वर्ष एसइई दिईन् । दुध बेचेकै पैसाले छोरीहरुलाई उच्च शिक्षा दिएको, परिवार खुसी भएको देख्दा कुनै बेला कापी कलम नपाएर स्कुल जान नपाएको, राम्रो लगाउन र खान नपाएको बालपन सम्झीने गरेको समेत उल्लेख गरे ।
केहि वर्षमै सुर्खेतमा घर लगाउने तयारी छ । यदि घर नलगाएपनि अहिले त्यो जग्गााको मुल्य करिब ७० लाख भन्दा माथि पर्न जान्छ । कान्छि छोरी, आफु र श्रीमतीको दैनिकीनै भैसीको पालनपानमा बित्ने गरेको छ । उनी भन्छन, “व्यवसायले दिएको उचाई मैले अन्य क्षेत्र कहिले पादैनथे ।
त्यसैले सबै त्यागेर मुख्य आर्जआर्जनका रुपमा भैसी पालनलाई मात्र अघि बढाएको छु ।” अपेक्षा अनुसारको सरकारी अनुदान देखि मान सम्मान नपाएको उनको गुनासो छ । स्थानीय सरकारले बास्तविक किसान भन्दा खोल ओडेका किसानलाई मात्र अनुदान दिने गरेको सुनाए । तर उनी गाउँ समुदायका एक प्रेरणादायी व्यक्ति बनेका छन् । भरखरै पालिकास्तरी नमुना किसानको रुपमा सम्मानीत भने भईसकेका छन् ।
वार्षिक १५ लाख बढी आम्दानी
व्यवसायीक भैसीपालक किसान विष्णु धिताल दुध बेचेरै वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्छन् । दैनिक ४० देखि ५० लिटर दुध बजारमा लिन्छन् । प्रति लिटर एक सय गरेर बिक्री गर्छन् । विहान ५ नबज्दै सदरमुकाम पुगी डेरी र होटलमा दुध पुराउँछु । उनले भने, “वार्षिक आम्दानीको १५ लाख मध्य ८-९ लाख खर्च काटेर ५-६ लाख खुद आम्दानी हुन्छ । तर यसवर्ष कोरोना भाईरसका कारण उत्पादीत सबै दुध बजारमा नजाँदा करिब ३ लाख घाटा आएको उनको भनाई छ ।
द्युध बेचेकै आम्दानीबाट घरपरिवार संचालन, दुई छोरीको पढाई गरिहेको छु । व्यवसाय शुरु गरे देखि हाल सम्म करिब ५० लाख लगानी लागेको छ । विष्णु धितालका अनुसार १८ लाख पशु सेवा कार्यालयको अनुदान र बाँकी ३२ लाख आफ्लै लगानीले भैसीपालन व्यवसाय शुरु गरिएको हो ।
भैसीका लागि आधुनिक गोठ, मलमुत्र जाने, टयांकी, दाना खुवाउने भाडा, भैसी नुहाउने ठाउँ, घास भण्डार केन्द्र लगायतका पूर्वाधार समेत निर्माण गरिएको छ । आफ्नै देशमा सानो लगानीबाट पनि भविष्यमा लाखौ करोडौको मालिक बन्न अबसर भएकाले स्वदेशमै पसिना बगाउन यूवालाई सुझाब दिए ।
 

प्रतिक्रिया दिनुहोस्