बैतेश्वर गाउँपालिकाका वडा कार्यालय निर्माण «

बैतेश्वर गाउँपालिकाका वडा कार्यालय निर्माण

दोलखा-बैतेश्वर गाउँपालिका–८ क्षत्रपाको वडा कार्यालय केही दिनअघि उद्घाटन भएको थियो । बागमती प्रदेश सभाका सांसदहरू पशुपति चौलागाई र विशाल खड्काले कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे । बैतेश्वर गाउँपालिकाले वडा कार्यालय निर्माण गर्नु पनि मुख्य उपलब्धिको रुपमा लिएको छ ।
बैतेश्वर गाउँपालकाको ८ नं. वडा कार्यालय मात्र होइन ८ वडा वडा कार्यालयमध्ये ६ वटा पूरा गरिसकेको छ भने २ वटा निर्माणाधीन अवस्थामा छन् । गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर युधिष्ठिर केसीले वडा नं. ६ र ७ का वडा कार्यालय बाहेक सबै वडा कार्यालय पूरा भएको जानकारी दिए । वडा नं. ७ मार्बूको जग्गा व्यवस्थापनका कारण ढिला भएको भए पनि दुवै वडा कार्यालय चालु आर्थिक वर्ष भित्र पूरा हुने उनले बताए ।
गाउँपालिकाले निर्माण गरेको वडा कार्यालयमा वडा अध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष, प्राविधिक कर्मचारी सहितको कर्मचारी सहितको कार्यकक्ष, शौचालय, बाथरुम र एउटा हल सहित ५ वटा कोठा सहितको एक तले भवन छ । यसले वडा कार्यालय प्रयाप्त रहेको वडा अध्यक्ष रमेश अधिकारीले बताए ।
बैतेश्वरको सबैभन्दा पहिला वडा नं. ५ मैनापोखरीको वडा कार्यालय निर्माण पूरा भएको हो । यो कार्यालय डेढ वर्षअघि नै निर्माण भएको हो । त्यसपछि वडा नं. ३ र २ पूरा भयो । गाउँपालिका अध्यक्ष छवि लामाले वडा नं. ४ को साविकको काब्रे गाविसको आफ्नै भवन भएकाले अन्य वडामा मात्र नयाँ भवन निर्माण गर्नु परेको बताए । नयाँ बनेको सबै भवन एउटै डिजाइनमा बनेका छन् ।
वडा कार्यालय भवनका लागि गाउँपालिकाबाट ५२ लाख ८० हजार र श्रमदान ५ लाख ५७ हजार ३६० सहित ५८ लाख ३७ हजार ३६० मा निर्माण एउटा भवन सम्पन्न भएको छ । एक वर्ष अघि मात्र गाउँपालिकाको पाँडु डाँडामा आफ्नै पक्कि भवन निर्माण गरी सरेको थियो । दोलखाका गाउँपालिकाहरूमध्ये आफ्नै पक्की भवन बनाएर सरेको बैतेश्वर नै पहिलो भएको अध्यक्ष लामाले दाबी गरे । अब गाउँपालिका भवनमा आवश्यकताअनुसार तला थप गर्नेसमेत योजना रहेको अध्यक्ष लामाले बताए ।
स्थानीय सरकारले गाउँपालका, वडा कार्यालय जस्ता स्थायी संरचना तयार गरेपछि अरु काममा अरु कामका लागि सहज हुने सहज हुने प्रदेश सांसद विशाल खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्