जापानमा ऋण प्रवाह अहिलेसम्मकै उच्च रेकर्ड «

जापानमा ऋण प्रवाह अहिलेसम्मकै उच्च रेकर्ड

जापानमा निजी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण प्रवाहको कीर्तिमानी रेकर्ड रहँदा गत महिना ५७२ खर्ब येन पुगेको छ ।
नयाँ कोरोना भाइरसको संक्रमण असरबाट कम्पनीहरू प्रभावित भएपछि बैंकहरूबाट ऋण लिने क्रम वृद्धि भएको बैंक अफ जापानले जनाएको छ ।
हालसम्म जुलाई महिनामा ७०५८ अर्ब येन ऋण प्रवाह भएको पाइएकोमा यस वर्ष गत महिना ऋण प्रवाह वृद्धि भई ५७२ खर्ब येन पुगेको छ ।
यो ऋण प्रवाह गत वर्षको तुलनामा ६.३ प्रतिशतले वृद्धि हो भने अहिलेसम्मकै उच्च हो ।
व्यापारमा मन्दी आउँदा कम्पनी तथा प्रतिष्ठानहरूले अवस्था टिकाइ राख्न सरकारले ल्याएको निव्र्याजी तथा न्यून ब्याजदरका ऋण प्याकेजहरू अपनाइरहेका छन् । जसका कारण बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण प्रवाह बढ्न गएको पाइएको छ ।
यस वर्षको मे महिनादेखि सरकारको आर्थिक पुनरुत्थान नीति अनुरुप ब्याजमुक्त सुरक्षित ऋण प्रवाहमा साना तथा मध्यम आकारका उद्यमीहरूले त्यस्ता ऋण स्वीकारी रहेका छन् ।
अझै पनि कोरोना संक्रमण रोकिने तथा असर न्यून हुने अवस्था नदेखिएकाले वित्तीय संस्थाहरू वित्तीय प्रवाहसम्बन्धी समस्याहरूमा पर्न सक्ने सम्भावना बढेर गएको बताइएको छ ।
सरकारले सबै नागरिकलाई उपलब्ध गराएको प्रतिव्यक्ति १ लाख जापानी येन नगद भुक्तानी विभिन्न निजी बैंकहरूमार्फत भएको थियो । यसबाट निजी बैंकहरूले ७८६१२३२०० लाख येन निक्षेप ब्यालेन्स प्रवाह गरेका छन् ।
गत जुलाई महिनाको यो नगद प्रवाह पनी अहिलेसम्मकै उच्च रेकर्डको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले धेरै हो ।

गोकर्ण अधिकारी

प्रतिक्रिया दिनुहोस्