स्वास्थ्य मन्त्रालयलाई चौधरी फाउन्डेसनबाट भेण्टिलेटर हस्तान्तरण «

स्वास्थ्य मन्त्रालयलाई चौधरी फाउन्डेसनबाट भेण्टिलेटर हस्तान्तरण

चौधरी फाउन्डेसनले कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ का गम्भीर बिरामीको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेन्टिलेटरहरुको अभाव भइरहेको छ । चौधरी फाउन्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बागममी र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।
भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढिरहेको अवस्थामा चौधरी फाउन्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरे ।
फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का गम्भीर बिरामीलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए ।
कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ । पहिलो चरणमा विभिन्न ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्