मुक्तिनाथ विकास बैंकका ग्राहकलाई १५% छुट «

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई १५% छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा र विशेष छुट प्रदान गर्ने उद्देश्यले विभिन्न व्यावसायिक संस्थाहरूसँग सम्झौता गरेको छ ।
बैंकले विभिन्न प्रतिष्ठित व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्ने क्रममा नेपमेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, अल्मा आर्टेस (वाच कम्पनी), बाजेको सेकुवासँग सेवा सुविधा लिँदा १५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको हो ।
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ती संस्थाहरूबाट सेवा तथा सुविधा खरिद गर्दा सो बैंकको भिसा कार्ड, डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउन सक्ने गरी सम्झौता गरिएको बैंकले जानकारी गराएको छ ।
त्यस्तै, बैंकले ब्यालेन्स सर्टिफिकेट, चेकबुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेको छ ।
साथै, मुक्तिनाथ विकास बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएम मेसिनबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्