अमेरिकाले हङकङको निर्यातलाई पनि चिनियाँनै मान्ने «

अमेरिकाले हङकङको निर्यातलाई पनि चिनियाँनै मान्ने

वासिङटन-हङकङबाट आयात हुने सामग्रीलाई पनि ‘मेड इन चाइना’ नै मान्ने आदेश वासिङटनले दिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरुबीचको राजनीतिक र व्यापार तनावकाबीच वासिङटनबाट यस्तो आदेश जारी भएको हो ।
मंगलबार सरकारी वेबसाइटमा प्रकाशित सूचनामा अमेरिकी भन्सार र सीमा सुरक्षाले हङकङमा उत्पादन भएर अमेरिका निर्यात हुने सामग्रीमा उपयुक्त तरिकाले यसको उद्गम थलो चीन हुने उल्लेख गर्नुपर्ने जनाएको छ । यो नियम सेप्टेम्बर २५ देखि लागू हुनेछ ।
उक्त समयदेखि आवश्यक लेभल नलगाइएका आयातमा अतिरिक्त १० प्रतिशतको भन्सार लाग्ने छ ।
बेइजिङले राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि अमेरिकाले हङकङलाई लामो समयसम्म मुख्यभूमि चीनको स्वायत्त प्रदेशको व्यवहार नगर्ने जनाएपछिको समयमा यो आदेश आएको हो । यो कानुन कार्यान्वयमा आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व बेलायती उपनिवेशलाई आफ्नो विशेष स्तरबाट हटाएका थिए । यसको अर्थ हङकङले अमेरिकासँगको व्यापारमा प्राथमिकताको अवस्था गुमाउने छ ।
अमेरिका–चीनको व्यापार विवादकाबीच यो नीतिले हङकङका निर्यातकर्ताहरुलाई पनि मुख्यभूमि चीनका निर्यातकर्ताहरुलाई लगाइने समान भन्सार लगाइने छ ।
व्यापार सम्झौताको दोस्रो चरण अभैmपनि विमर्शमै रहेको छ । झन्डै ५५० अर्ब डलर मूल्यको चिनियाँ सामग्री अभैmपनि अमेरिकी व्यापार शुल्कको मातहतमा रहदै आएका छन् । यद्यपि हङकङका सामग्री पनि थपिएपनि अकारमा ठूलो अन्तर आउदैन । किनकी हङकङबाट सीधा रुपमा थोरै सामग्री मात्रै अमेरिका निर्यात हुदै आएका छन् । अमेरिकी सरकारको तथ्यांक अनुसार अमेरिकामा हुने हङकङको निर्यात २०२० को सुरु अर्ध वार्षिक अवधिमा कुल ६ अर्ब डलर मात्रै थियो । २०१९ को पुरै निर्यात ४.७ अर्ब डलर बराबर थियो ।

प्रतिक्रिया दिनुहोस्