एक जनामा कोरोना पोजेटिभ «

एक जनामा कोरोना पोजेटिभ

खोटाङ जिल्लामा १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाका २६ वर्षीय पुरुषमा भाइसर पोजेटिभ देखिएको हो । १४ दिनअघि भारतबाट आएका उनलाई सोमबार संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित ती व्यक्तिलाई उपचारका लागि पठाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाले बिदामा घर गएका कर्मचारी तथा अन्य मुलुकबाट आएकाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पडाएकोमा १ जनामा भाइरस पोजेटिभ देखिएको हो । अन्यलाई भने आआफ्नो स्थानमा पठाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–६ हलेसी तुवाचुङ नगरपालिकाका–४ ऐसेलुखर्क गाउँपालिकाका–१ बराहपोखरी गाउँपालिका–१ जनामा संक्रमण देखिएकोमा उनीहरु निको भएर घर फर्किसकेका छन् । खोटाङ जिल्ला कोरोना मुक्त भएको केही दिनमा नै संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्