Logo

दुई सातामा पथलैया सिमरामा ४ सय आइसोलेसन बन्ने

बाराको जितपुर सिमरा नगरका स्थानीयको ब्यापक गुनासो र आलोचनापछि दुई साताभित्र पथलैया सिमरामा ४ सय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ ।
प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न दिएको १ करोड ७० लाख अस्थायी कोरोना अस्पताल सिमराको स्तर वृद्धि गरी ३ सय शय्या र पथलैयास्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय शय्याको आइसोलेसन केन्द्र निर्माण गरीने भएको हो ।
प्रदेश सरकारले बनाउने भनेको नमुना आइसोलेसनको प्रयास कार्याबन्यन हुन नसके पछि संक्रमीतको चाप उच्च बन्दै गए पछि सिमरा र पथलैयामा आइसोलेसन केन्द्र बनाइने भएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दुई साताभित्र दुवै स्थानमा मर्मत, खाना, खाजासहित आइसोलेसन निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरी कार्यादेश दिने बताए ।
नगरमा संक्रमितको बढ्दो चापसँगै उपचार र अस्पताल अभाब भएपछि प्रदेश सांसद, स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका अगुबा, उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको सिमरामा बसेको बैठकले प्रदेश सरकारबाट प्राप्त रकमले कोरोना अस्पताल सिमराको क्बारेन्टाइनबाट स्तरवृद्धि गरी आइसोलेसन बनाउने र पथलैया ट्रमा सेन्टर तालिम केन्द्रमा सय बढी कोठामा आइसोलेसन बनाउने निर्णय गरेको हो ।
बैठकमा ७ बँुदे मागसहित नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाअध्यक्षले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेखित मागहरूमाथि छलफलपछि निर्णय गरिएको थियो ।
पथलैया तालिम केन्द्रलाई प्रदेश सरकारले ट्रमा सेन्टर अस्पताल बनाउने नीति तथा कार्यक्रममा घोषणा गरी २ करोड बजेट विनियोजित गरेको उक्त स्थानमा तत्काल आइसोलेसन सञ्चालनसँगै कर्मचारी, प्राविधिक, उपकरण लगायतका विषयमा निरन्तर प्रदेश सरकारसँग समन्वय गरिने प्रमुख पण्डितले जानकारी गराए ।
चौबीस बडा रहेको नगरका ७ स्थानमा क्बारेन्टाइन ब्लक बनाई साताभित्रै स्थानीय तहले सञ्चालनसमेत गर्ने जनाइएको छ ।
वीरगन्जमा कोरोना भाइरसको संक्रमणले कडारूप लिएपछि छिमेकी जिल्ला बारासहित सिमरामा पनी यसको जोखिम उच्च देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्