इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङ कम्पनीबीच सम्झौता «

इसेवा मनि ट्रान्सफर र बहराइन फाइनान्सिङ कम्पनीबीच सम्झौता

बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराइन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएसँगै बहराइनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बिएफसी बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई ५५ क्यास ब्याक अफर दिइएको पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्