सिटी एक्सप्रेस, नेपाल र इन्जाज् साउदीद्वारा उपहार बिजेता घोषणा «

सिटी एक्सप्रेस, नेपाल र इन्जाज् साउदीद्वारा उपहार बिजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीस्थित सेवाग्राहीलाई लक्षित गर्दै साउदी कै इन्जाज् बैक अफ अल बिलादसँगको सहकार्यमा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना ल्याएको थियो । सो योजना २०२० जनवरी ३० देखि अप्रिल ३० सम्म (३ महिना) चलेको थियो । जस अन्तर्गत योजनाअवधि भर ४५ जना बिजेताले सिटी म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताले हवाई टिकट जित्न सक्ने योजनामा रहेको छ ।
सोही योजनाअनुरुप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहारस्वरु पहवाई टिकट जित्न सफल भएका छन् । कोभिड १९ महामारीको कारण हवाई टिकटको सट्टामा विजेताले २००० साउदी रियाल प्राप्त गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्