एलजी नेपालको आधिकारीक वबसाइट लन्च «

एलजी नेपालको आधिकारीक वबसाइट लन्च

सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेबसाइट एलजी नेपालडटकम सुरु गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एलजीका घरायसी उत्पादनहरुको बारेमा जानकारी साथै तुलना पनि गर्न सक्नेछन् ।
यस वेबसाइटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ । एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनायो ।
एलजीका उत्पादनमा आएको समस्या, मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिने भन्दै कम्पनीले ग्राहकलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफूलाई चाहिने एलजीका उत्पादनहरु बुक पनि गर्न सकिने पनि जनाएको छ । यस वेबसाइटले एलजीका सबै उत्पादनहरुका बारेमा जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्