इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमा «

इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमा

पहिलोपटक इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमापहिलोपटक इपीसीएफ मोडेलमा चीनको लगानी खिम्तीमाकारोबार संवाददाताकाठमाडौ, ११ चैतचिनियाँ कम्पनीले इन्जिनियरिङ प्रकुमेन्ट कन्ट्रक्सन विथ फाइनान्स (इपीसीएफ) मोडेलमा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गरेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको खिम्ती–२ आयोजनाका लागि चीनको चोङक्विङ वाटर टर्बाइन वक्र्स (सीडब्लूटीडब्लू) ले ८ करोड ८० लाख डलर अर्थात् करिब ९ अर्ब लगानी गरेको हो । “इपीसीएफ मोडेलमा चिनियाँ कम्पनीले नेपालमा लगानी गरेको पहिलो हो ।” कम्पनीका अध्यक्ष कृष्ण आचार्यले भने, “हालै चीन पुगेर हामीले लगानीबारे सम्झौता गरिसकेका छौ, कम्पनीका प्रतिनिधिहरू समेत सहभागितामा नेपालमा छिट्टै सम्झौताको आदानप्रदान हुँदैछ ।”
सिभिल, हाइड्रो मेकानिकल, ट्रान्समिसन लाइनलगायतका सबै काम ईपीसी मोडेलमा निर्माणको ठेक्कासमेत लिएको कम्पनीले गरेको लगानी भने ७ सय दिनभित्र उपलब्ध गराउने गरी कम्पनीले सम्झौता गरेको छ । कम्पनीका सञ्चालक सदस्य दिलसुन्दर श्रेष्ठका अनुसार, तीन वर्षभित्र निर्माण पूरा गरेर ७ सय दिनभित्र चिनियाँ कम्पनीले गरेको लगानी फिर्ता गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, सीडब्लूटीडब्लूलाई कम्पनीले सुरुमा १० प्रतिशत रकम भने पेश्की स्वरुप दिनेछ । सात सय दिनभित्र ऋण तिर्नका लागि भने कम्पनीले यसअघि नेपाली बैंक हरूको नेतृत्वमा ९ वाणिज्य बैंक सँग वित्तीय व्यवस्थापनका लागि कम्पनीले साढे ६ अर्ब बराबर ऋण लिनेबारे सम्झौता गरिसकेको छ । कम्पनीले करिब दुई वर्षको अवधिमा २ अर्ब ५० करोड आम्दानी हुने भएकाले बैंकबाट लिएर चिनियाँ कम्पनीबाट लिइएको ऋण तिरिने आयोजनाले जनाएको छ ।
 आगामी वैशाखदेखि निर्माण सुरु गरेर आयोजनाले २०७८ सालको साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनामा प्रशारण लाइनको कुनै समस्या नभएको अध्यक्ष आचार्यले जानकारी दिए । विद्युत् सर्भेक्षण अनुमति लिँदा सहकारीमार्फत अघि बढ्ने बताउँदै पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेडमार्फत आयोजना अघि बढाएको थियो तर उद्योग मन्त्रालयले आयोजना अघि बढाउनका लागि सहकारीलाई नमिल्ने भन्दै अनुमति नदिएपछि र सहकारीमार्फत आयोजना बनाउँदा स्टक एक्सचेन्जमा समेत गणना नहुने भएकाले कम्पनीको रूपमा रूपान्तरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आयोजनाले ९९ प्रतिशत जग्गा खरिद तथा सडकलगायतका पहुँच पूर्वाधारहरू निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाको ९ वर्षभित्र प्येब्याक पेरियड रहेको आयोजनाको वार्षिक १ अर्ब ४० करोड तथा ८ पटकसम्म स्कालेसनको कारणले ९औं वर्षमा १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्