सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’ «

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।
यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस,सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँबजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको जनाएको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंकसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको घोषणा गरेको छ ।
यो योजना ३२ साउनसम्म नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्