नयाँ स्कोडा -यापिड टीएसआई नेपालमा सार्वजनिक «

नयाँ स्कोडा -यापिड टीएसआई नेपालमा सार्वजनिक

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ -यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्कोडा -यापिड अघिल्लो पुस्ताको -यापिडभन्दा पाँचलाख रुपैयाँ ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ -यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्कोडा -यापिड अघिल्लो पुस्ताको -यापिडभन्दा पाँचलाख रुपैयाँ ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो । 
नयाँ स्कोडा -यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ । जुन यसअघि स्कोडा सुपर्व र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिएको थियो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ हुन् । नयाँ -यापिड टीएसआई १.० को ‘फ्युलइफिसेन्सी’पनि उदाहरणीय रहेको कम्पनीको दावी छ । जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको -यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी नयाँ -यापिडको ‘फ्युलइफिसेन्सी’पनि अघिल्लो -यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको बताइएको छ । नयाँ -यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनीपहिलेको भन्दा धेरै परिष्कृत रहेको कम्पनीको दावी छ । नयाँ स्कोडा -यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ ।
साथै, नयाँ -यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’उपलब्ध छ । नयाँ -यापिडमा पनि‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् । नयाँ -यापिडको मूल्य

मोडेल मूल्य
राइडर ३४,९०,०००
राइडर प्लस ३६,९०,०००
एम्बिसन ४३,९०,०००
ओनिक्स ४४,९०,०००
स्टाइल ५०,९०,०००
मोन्टे कार्लो ५१,९०,०००

प्रतिक्रिया दिनुहोस्