विश्व अर्थतन्त्रमा कोरोनाको असर विश्व युद्धको भन्दा दोब्बर «

विश्व अर्थतन्त्रमा कोरोनाको असर विश्व युद्धको भन्दा दोब्बर

वासिङटन-कोभिड–१९ को महामारीका कारण उत्पादनमा आएको अवरोधले विश्व अर्थतन्त्रमा काल्पनिक विश्वव्यापी सैन्य द्वन्द्व भन्दा दोब्बर असर पर्ने म्याकिन्से ग्लोबल इन्सटिच्यूटले गरेको हालैको अनुसन्धानले देखाएको छ ।
‘रिस्क, रेसिलेन्स, र रिब्यालेन्स इन ग्लोबल भ्यालू चेन’ शीर्षकको रिपोर्टलाई आधार मानेर म्याकिन्सेले विगत १०० दिनमा भएका म्यानुफ्याक्चरिङ बन्दले पारेको असरको बारेमा विश्लेषण गरेको थियो । रिपोर्टले साइबर आक्रमणदेखि व्यापार द्वन्द्व, सैन्य विवाद र महामारीसम्मको सम्भावित घटनाबाट हुन सक्ने आर्थिक असरको विषयमा विश्लेषण गरेको थियो ।
यसले काल्पनिक विश्व युद्धको परिदृश्यको असर कुल १५० खर्ब डलर हुने र कोरोनाभाइरस महामारीको असर यसको दोब्बर अर्थात् ३०० खर्ब डलर हुने देखाएको छ । यो महामन्दीले पु-याएको क्षतीको तुलनामा ३० गुणा बढी हो ।
म्याकिन्सेको विश्लेषण अनुसार भ्यालू चेनमा आउने अवरोधले एक वर्षको नाफामा प्रत्येक दसकमा औसतमा ४० प्रतिशत भन्दा बढी क्षती हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्