जेष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सञ्चालन गरिने «

जेष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सञ्चालन गरिने

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँचका साथै औषधि वितरण बस्तीबस्तीमा सञ्चालन गरिने भएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए । तत्कालीन ६ वटा गाउँ विकास समिति मिलाएर बनेको गाउँपालिकामा १२ सयको हाराहारीमा जेष्ठ नागरिक रहेको गाउँपालिकाले जनाएको छ । यही चैत १५ गतेदेखि गाउँपालिकाले २ जना स्वास्थ्यकर्मी परिचालन गरी अभियान सञ्चालन गरिने भएको प्रमुख तिगेलाले बताए । दुर्गम बस्तीहरूमा रहेर स्वास्थ्य सेवा लिन वञ्चित भएका जेष्ठ नागरिकसम्म सेवा पु¥याउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियान सुरु गरिने भएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । आर्थिक वर्ष ०७४-७५ को गाउँसभाबाट लक्षित वर्ग बजेटमार्फत् विनियोजित ९० लाख रकमबाट जेष्ठ नागरिक शीर्षकमा पर्ने रकमले अभियान सुरु गरिने भएको हो ।
आर्थिक अवस्था कमजोरका कारण स्वास्थ्य जाँचसम्म गराउन नपाएका जेष्ठ नागरिकले अभियान सञ्चालनसँगै बस्तीबस्तीमा नै स्वास्थ्य सेवा लिन पाउने भएका छन । ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूको हकमा यो अभियान जिल्लामै पहिलो पटक सञ्चालन गर्न लागिएको हो । गाउँगाउँमा स्वास्थ्य केन्द्र रहे पनि शारीरिक रूपमा अशक्त भएका जेष्ठ नागरिकले सेवा लिन सकिरहेका छैनन् ।
अभियानले गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरूलाई सेवामात्र नभई चेतनाको दियो बाल्ने भएको छ । गाउँपालिकाबाट घण्टौ्र टाढा रहेका बस्तीहरूमा यो अभियान सञ्चालनले वर्षांैदेखि स्वास्थ्य सेवा नलिएका नागरिकलाई समेत सेवा पुग्ने भएको छ । आगामी तीन महिनासम्म सञ्चालन हुने अभियानले गाउँपालिकामा रहेका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा राहत पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्