प्रशोधित पानी बोतलको १६ रुपैयाँ निर्धारण «

प्रशोधित पानी बोतलको १६ रुपैयाँ निर्धारण

प्रशोधित खाने पानीको अधिकतम खुद्रा मुल्य निर्धारण गरिएको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ निर्धारण गरिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको हो । विभागद्वारा गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।
विभागका निर्देशक सागर मिश्रले बोतल १६ रुपैयाँ र जारको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए । नयाँ मूल्य १० भदौबाट लागु हुने उनले जानकारी दिए । यस घि जारको ६० रुपैयाँ निर्धारण गरिएको थियो । नयाँ मूल्यअनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटलप्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको छ । बजारमा व्यवसायीले पसलपिच्छे पानीमा फरक फरक मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजारमा भने प्रतिजारको मूल्य ३० देखि ४० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्