ट्रम्पले विच्याटमा प्रतिबन्ध लगाए चीनमा एप्पलको बिक्री घट्ने «

ट्रम्पले विच्याटमा प्रतिबन्ध लगाए चीनमा एप्पलको बिक्री घट्ने

बेइजिङ-लोकप्रिय रहेको चिनियाँ मेसेजिङ एप विच्याटमाथिको अमेरिकी प्रतिबन्धले एप्पललाई विनासकारी प्रभाव पर्न सक्ने छ । यसले आईफोन निर्माताको बिक्री चीनमा घट्न सक्ने छ । आईफोनका लागि चीन आकर्षक बजार रहदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता दुई लोकप्रिय सेवाहरु टिकटक र विच्याटलाई निशाना बनाएका थिए । चिनियाँहरुले अमेरिकी उपभोक्ताबाट डाटा चोर्न सक्ने भन्दै उनले यी सेवाहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
यो आदेशले कसरी असर पार्छ भन्ने विषयमा चिनियाँ फर्मले पत्ता लगाउने प्रयास गरिरहेको छ । केही विश्लेषकहरुले यो प्रतिबन्धले अमेरिकी समकक्षिमा पार्ने प्रभावको विषयमा चेतावनी दिएका छन् । यसको उदाहरणका रुपमा अमेरिकाको सर्वाधिक मूल्यवान कम्पनी एप्पल एप स्टोरबाट विच्याट हटाउनका लागि बाध्य हुनेछ । यसले करोडौ चिनियाँ युजरको आईफोनलाई प्रयोगविहिन बनाउने छ । उनीहरुका लागि यो एप उनीहरुको जिवनको महत्वपूर्ण अंश रहदै आएको छ । उनीहरुले संचारदेखि दैनिक भुक्तानी लगायतका विभिन्न उद्देश्यमा यसको प्रयोग गर्दै आएका छन् ।
टीएफ सेक्युरिटिज इन्टरनेशनलका विश्लेषक कुओ मिङ चीका अनुसार यो प्रतिबन्धले एप्पलका उत्पादन मध्येको एक आईंफोनलाई नराम्ररी प्रभाव पार्न सक्छ ।
“चिनियाँ बजारमा एप्पलको हार्डवेयर उत्पादनको ढुवानीमा व्यापक गिरावट आउन सक्छ,” उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्