चिनियाँ सामान कम किन्न थाल्यो भारत, तर चीनमा भारतीय सामानको बिक्री बढ्यो, यो कसरी ? «

चिनियाँ सामान कम किन्न थाल्यो भारत, तर चीनमा भारतीय सामानको बिक्री बढ्यो, यो कसरी ?

नयाँ दिल्ली-चीन–भारत तनावकाबीच पछिल्लो तीन महिनाको अवधिमा द्विपक्षिय व्यापारमा वृद्धि भएको छ ।
लद्दाखमा हिंस्रक झडप भएपछि भारत सरकारले चिनियाँ आयातमाथिको निर्भरता कम गर्ने उद्देश्यले केही ठोस कदम उठाएको छ, जसमा चीनबाट आयात हुने टिभी, मोबाइल फोनको आयातमाथि अंकुश लगाउने विषय पनि समावेश छ ।
तर, चीनमाथि निगरानी गर्ने विशेषज्ञ भन्छन्,“यदी यी कदमको असर भयो भने अगामी तीन महिनापछि यसको विषयमा ठोस कुरा पत्ता लाग्ने छ ।”
विशेषज्ञका अनुसार प्रतिबन्धको अर्थ भारत–चीन द्विपक्षिय व्यापार तीव्र रुपमा कम हुन्छ भन्ने होइन ।
दिल्लीका फोर स्कूल अफ म्यानेजमेन्टका चीन मामिला विशेषज्ञ डां पैmसल अहमद भन्छन्,“यो चीनको बिरुद्धमा अंकुश लगाउने एक उपकरण हो, जसको प्रयोग सीमामा तनावको विषयमा आक्रोश व्यक्त गर्ने र द्विपक्षिय व्यापारको असन्तुलन कम गर्ने एक प्रयास पनि हो ।”
उनी भन्छन्,“भारतका लागि चीनसँगको नकारात्मक द्विपक्षिय व्यापार सन्तुलन एक गम्भीर मुद्दा हो, जसका कारण भारत सरकार क्षेत्रीय व्यापक आर्थिक भागीदारी (आरसेप) संगठनबाट बाहिर बस्नका लागि बाध्य छ किनकी यसबाट चीनबाट आयातमा थप वृद्धि हुन सक्छ ।”
विगतका कयौ वर्ष जस्तै २०१९ मा पनि द्विपक्षिय व्यापार सन्तुलन पुरै चीनको पक्षमा थियो । लगभग १०० अर्ब डलरको द्विपक्षिय व्यापारमा चीनको योगदान दुई–तीहाई थियो ।
सन्तुलित बन्दैछ व्यापार
भारतको यी कदमका कारण चीनसँगको द्विपक्षिय व्यापार सन्तुलनमा भारतको पक्षमा सामान्य मात्रै राम्रो भएको छ ।
अचम्मको कुरा के छ भने जनवरीदेखि जुनसम्म चीनबाट आयातमा कमी आएको छ भने भारतबाट चीनमा पठाइएको सामग्रीमा वृद्धि भएको छ ।
अप्रिलमा भारतले चीनमा लगभग २ अर्ब डलरको सामान बिक्री गरेको थियो । यो जुलाईमा लगभग ४.५ अर्ब डलर पुगेको थियो । चीनमा भारतीय निर्यात यो वर्षको जनवरीदेखि जुन सम्म ६.७ प्रतिशतले वृद्धि भएको थियो ।
चीनले दुई देशबीचको ताजा अर्ध वार्षिक रिपोर्टको आंकडा सार्वजनिक गरेको छ । जस अनुसार गत वर्षको तुलनामा यो वर्ष जनवरीदेखि जुन सम्म भारतले चीनबाट गरेको आयातमा २४.७ प्रतिशतले कमी आएको देखिएको छ । तर अप्रिलदेखि जुलाईको आयात हेर्ने हो भने प्रत्येक महिना वृद्धि भइरहेको छ । अप्रिलमा चीनबाट गरिएको आयात ३.२ अर्ब डलरको थियो भने जुलाईमा बढेर ५.६ अर्ब डलर पुगेको थियो ।
चिनियाँ आयातमा कमी आएको विषयमाथि विशेषज्ञ भन्छन्,“लकडाउनको अवधिमा आयात–निर्यात ठप्प हुनु र दुवै देशको अर्थव्यवस्था खुम्चनु हो ।”
भाइरसको असर अन्तर्राष्ट्रिय व्यापारमा नराम्रो महसूस गरिएको छ । यसका अलावा भारतीय बन्दर्गाहामा चिनियाँ सामग्रीको क्लियरेन्समा भएको ढिलाई पनि यसको कारण हुन सक्ने विशेषज्ञहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्