डोल्पाबाट मुगुमा पुगी मुगालीलाई निःशुल्क उपचार गर्दै डा. केसी «

डोल्पाबाट मुगुमा पुगी मुगालीलाई निःशुल्क उपचार गर्दै डा. केसी

मुगु-चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसी सुदूरपश्चिम र कर्णालीका जिल्लामा निःशुल्क हाडजोर्नी विशेषज्ञ स्वास्थ्यउपचार दिँदै आएका डा. केसी डोल्पाको जगदुल्ला गाउँपालिकाले उपचारमा रोक लगाएपछि हिमाली जिल्ला मुगुमा पुगी गएको बिहीबारदेखि जिल्ला अस्पताल ठिनी मुगुमा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् ।

डा.केसी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन् । केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन् । केसीसँग स्वास्थ्य जाँच गर्नका लागि मुगु जिल्लाका विभिन्न स्थानबाट मानिसहरू आइपुगेका छन् । निःशुल्क सेवा दिन डा. केसी मुगु पुगेपछि हाडजोर्नीका बिरामीलाई लक्षित गरी सार्वजनिक सूचना गरिएको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ ।

डा. केसीले सुदूरपश्चिमका डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, कर्णालीककालिकोट, हुम्ला, जुम्ला हँुदै मुगु पुगी स्वास्थ्य उचपार दिएका छन् ।
डाक्टार केसीसँग उपचार गराउन काठमाडौं पुग्नु पर्ने निकै ठूलो धनराशिको खर्च हुन्थो । जिल्लामा पुग्यर केसीको हातबाट निःशुल्क उपचार गराउन पाउँदा स्थानीय मुगाली जनताहरु निकै खुसी भएका छन् ।

मुगुका २ गरिबको हात र खुट्टाको निःशुल्क अप्रेसन गरिदिए डा. केसीले

कोरोना कहरकाबीच दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न मुगु गएका डाक्टर गोविन्द केसीले शनिबार एक जनाको हातको शल्यक्रिया गरेका छन् । डा. केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामको निःशुल्क शल्यक्रिया गरेका हुन् । करिब ३ वर्षअघि गाउँमा गाई बाख्रा चराउन गएका बेला लडेर भाँचिएको हात गरिबीका कारण उपचार हुन नसकेको परिवारले जनाएको छ ।
आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य रेश्माकी आमाले डा. गोबिन्द केसी मेरी छोरीको लागि भगवान्को रुपमा आइदिनु भयो । निःशुल्क अप्रेसन गरी दिएपछि निकै खुसी भएकी छन् ।
त्यस्तै गरी नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसीले निःशुल्क रुपमा शल्यक्रया गरिदिएका छन् ।
जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको शल्यक्रिया गरेसँगै उनलाई मुगु र जुम्लाका सर्वसाधारणले मान्छेका रुपमा भगवानको अवतार भनेका छन् । शोक, भोग र गरिबीले पछि परेका भामको एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाचिँदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको गगनको समस्या पनि डाक्टर केसीले भगवानको रुपमा चट पारिदिएका छन् ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्