खोलाले बगाउँदा बालिकाको मृत्यु «

खोलाले बगाउँदा बालिकाको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–१२, सानीबार्खुकी १३ वर्षीया कृष्णा कुमारी पुनको मृत्यु भएको हो । स्थानीय कालाखोलामा घट्ट पिस्न गएको बेला खोलाले बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय आठबीसकोटबाट गएको प्रहरी टोलीले खोलामा बगेकी बालिकाको खोजतलास गर्दा ५ सय मिटर तल शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्