पाँच वर्षभित्र देशलाई समृद्ध बनाउने वैज्ञानिक प्रधानको दाबी «

पाँच वर्षभित्र देशलाई समृद्ध बनाउने वैज्ञानिक प्रधानको दाबी

आगामी पाँच वर्षभित्र देशलाई समृद्ध बनाउनका लागि रसायनशास्त्री वैज्ञानिक मोहनसिंह प्रधानले नयाँ सूत्र सार्वजनिक गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै वैज्ञानिक प्रधानले अल्वर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तलाई परिस्कृत र व्याख्या गरेर आफूले नयाँ सूत्र बनाएको स्पष्ट पारेका छन् ।
आगामी पाँच वर्षभित्र देशको ए टु जेड विकास गर्ने उनको दाबी छ ।सूत्र आफूले पत्ता लगाएको उनको दाबी छ । र, उक्त सूत्रबाट पाँच वर्षभित्र देशलाई पुरै समृद्ध बनाईदिने उनको भनाई छ । सरकारले आफूलाई दश करोड रुपैयाँ र पाँच वर्ष देश चलाउने जिम्मा दिए सपना साकार पारिदिने जनाए ।

प्रतिक्रिया दिनुहोस्