स्याङ्जाको आँधीखोलामा सलहले बाली सखाप «

स्याङ्जाको आँधीखोलामा सलहले बाली सखाप

स्याङ्जाको आँधीखोला गाउँपालिकामा सलह देखिएको छ । हजारौंको संख्यामा देखिएका सलहले खेतीबालीमा धेरै क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।
आँधीखोला गाउँपालिका–६ फापरथुममा लगाइका कोदो, तरकारी सखापै पारेको स्थानीयवासी हरिप्रसाद ढकालले बताए । केही दिन अघिदेखि ती हलले बारीमा रोपेको तरकारी र कोदो खाएर अहिले ठूटो बनाएको उनले बताए । ।
केही दिनअघि फाट्टफुट्ट मात्रै देखिएका सलह पछिल्लो समय हजारौंको संख्यामा आएको स्थानीयले बताएका छन् । सलह आएपछि स्थानीयले टिन, ढ्याङग्रो, थाल ठटाउने, आगो बालेर धुँवाको मुस्लो निकाली भगाउने प्रयास गरिहेका छन् ।
सलह कीरा पर्वतबाट आएको हुनसक्ने स्थानीयको अनुमान छ । अहिलेसम्मकै ठूलो झुण्ड आएको उनीहरूकोे भनाइ छ । पालिकामा केही दिनदेखि सलहले धेरै क्षति पु-याएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्