एभरेष्ट इन्स्योरेन्सको नाफामा ५ गुणाले वृद्धि «

एभरेष्ट इन्स्योरेन्सको नाफामा ५ गुणाले वृद्धि

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को चौथो त्रैमासको अन्त्यमा १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । आव २०७५-०७६ को सोही अवधिको तुलनामा करिब ५ गुणाको बढोत्तरी रहेको छ ।
साथै कम्पनीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा नै प्रतिकुल असर परेको बेलामा समेत अघिल्लो आवको तुलनामा कुल बिमा शुल्कमा ११.३४ प्रतिशतको वृद्धि हासिल गरी जगेडा तथा बिमा कोषमा समेत शतप्रतिशत भन्दा बढीले वृद्घि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्